पर्सा प्रहरी कर्मचारीलाई तनाव व्यवस्थापनसम्बन्धी अनुशिक्षण

समाचार

वीरगञ्ज ,६ भदौ । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी कर्मचारीहरूलाई तनाव व्यवस्थापनसम्बन्धी अनुशिक्षण तालिम प्रदान गरिएको छ।

मिति २०८३ भदौ ५ गते जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित कार्यक्रममा डा. निरज कुमार सिंहले प्रहरी कर्मचारीहरूलाई तनाव व्यवस्थापनसम्बन्धी अनुशिक्षण प्रदान गर्नुभएको प्रहरीले जनाएको छ।

तालिमका क्रममा प्रहरी सेवामा कार्यरत कर्मचारीहरूले भोग्नुपर्ने मानसिक तनाव, कार्यक्षेत्रको दबाब तथा तनावलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्ने उपायबारे जानकारी दिइएको थियो। साथै, तनावका कारण कार्यसम्पादनमा पर्न सक्ने प्रभाव न्यूनीकरण गर्दै मानसिक रूपमा स्वस्थ र सकारात्मक रहन अपनाउनुपर्ने व्यवहारिक उपायबारे समेत प्रशिक्षण दिइएको प्रहरीले जनाएको छ।

प्रहरी कर्मचारीहरूको मानसिक स्वास्थ्य, कार्यक्षमता तथा व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले यस्तो अनुशिक्षण कार्यक्रम सञ्चालन गरिएको बताइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *