झापामा १८ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा ४० वर्षीय ब्यक्ति पक्राउ

समाचार

झापा ,६ भदौ । झापाको मेचीनगर नगरपालिका–१५ मा १८ वर्षीया युवतीलाई ललाईफकाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१५ कै ४० वर्षीय अशोककुमार राई रहेका छन्।

प्रहरीका अनुसार राईले ती युवतीलाई ललाईफकाई जबर्जस्ती करणी गरेको आरोप छ। घटनाबारे जानकारी पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका राईमाथि घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *