लाखौं मुल्य बराबरको अबैध माछा बारा प्रहरीको नियन्त्रणमा।

समाचार

रसीद आलम,बारा,१७ फागुन

बारा प्रहरीले १ लाख ६० हजार रुपैयाँ बराबरको अबैध माछा पथलैयाबाट पक्राउ गरेको छ।

फागुन १५ गते राती ८:५० को समयमा जिल्ला प्रहरी कार्यालय बारा मातहत प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोकमा बर्दिवासबाट नवलपरासी तर्फ जादै गरेको ज १ च १५३९ नम्बरको पिकअप गाडिलाई रोकी चेक जाँच गर्दा विल भरपाई भन्दा बढि स्रोत खुलाउन नसकेकोले १ लाख ६० हजार रूपैया बराबरको सिद्रा माछा सहित पिकअपलाई नियन्त्रणमा लिईएको बारा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक(डिएसपी)दधिराम न्यौपानेले बताए।

आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको पनि डिएसपी न्यौपानेले जानकारी गराए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *