साउन महिनाको सर्वोत्कृष्ट प्रहरी बने प्रहरी सहायक हवल्दार राजेश कुमार यादव

समाचार

जनकपुरधाम, भदौ ९। मधेश प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी सहायक हवल्दार राजेश कुमार यादवलाई २०८३ साल साउन महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेको छ।

‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८३’ बमोजिम छनोट भएका यादवलाई मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (प्र.ना.म.नि.) ओमप्रसाद अधिकारीले प्रशंसा–पत्र तथा पुरस्कार प्रदान गर्दै सम्मान गरेका हुन्।

प्रहरी संगठनबाट प्राप्त जिम्मेवारीलाई लगनशीलता, कर्तव्यनिष्ठा र इमानदारीपूर्वक निर्वाह गर्दै शान्ति–सुरक्षा कायम, अपराध अनुसन्धान तथा लागुऔषध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको मूल्यांकनका आधारमा यादवलाई महिनाको उत्कृष्ट प्रहरी छनोट गरिएको हो।


प्रशंसा–पत्रमा यादवले सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति दिलाउँदै प्रहरी संगठनको श्रीवृद्धिमा पुर्‍याएको योगदानको उच्च कदर गरिएको उल्लेख छ।
सम्मान ग्रहण गर्दै प्रहरी सहायक हवल्दार यादवले आफूलाई प्रदान गरिएको जिम्मेवारीलाई आगामी दिनमा समेत अझ प्रभावकारी ढंगले पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मधेश प्रदेश प्रहरी कार्यालयले यादवलाई उत्कृष्ट कार्यका लागि बधाई तथा शुभकामना दिँदै आगामी दिनमा पनि उच्च मनोबलका साथ कर्तव्य निर्वाह गर्ने अपेक्षा गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *