१९ वर्षपछि मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी पक्राउ

समाचार

वीरगञ्ज ,१९ भदौ । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी घटनामा संलग्न भई लामो समयदेखि फरार रहेका एक जना प्रतिवादीलाई पर्सा प्रहरीले १९ वर्षपछि पक्राउ गरेको छ।

प्रहरीका अनुसार वि.सं. २०६३ चैत १५ गते नामथर तथा वतन परिवर्तित ३४ वर्षीय पीडितलाई विभिन्न प्रलोभन देखाई वैदेशिक रोजगारीका लागि कतार पठाउने भन्दै रु. ९० हजार रकम लिइएको थियो। पीडितलाई भारतको दिल्ली हुँदै कतार पुर्‍याएपछि घटनामा संलग्न अब्दुल कादिर भन्ने कादिर अन्सारीले आफूसँग २/३ दिन राखी साउदी अरबमा एक व्यक्तिलाई बिक्री गरेको आरोप छ।

उक्त घटनाका सम्बन्धमा २०६५ फागुन ४ गते मानव बेचबिखनसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान अघि बढाएको थियो। घटनामा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा प्रहरीले मुद्दामा संलग्नमध्येका ७५ वर्षीय अयुव मियाँ अन्सारीलाई पक्राउ गरेको हो।

पर्साको सखुवाप्रसौनी गाउँपालिका–४ स्थितबाट अन्सारीलाई २०८३ भदौ ११ गते दिउँसो करिब ३:३० बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका अन्सारीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

पक्राउ परेका व्यक्ति:
अयुव मियाँ अन्सारी, ७५ वर्ष
ठेगाना: सखुवाप्रसौनी गाउँपालिका–४, पर्सा
प्रहरीले पुराना तथा फरार अभियुक्तहरूको खोजीलाई निरन्तरता दिइरहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *