सुनसरी ,३ असोज । सुनसरीको इनरुवा नगरपालिका–१०, जाल्पापुर चम्राही टोलबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ। प्रहरीले १ हजार ४५४ किलो ८७० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको हो।
शनिबार बिहान करिब ३ बजे को.१ च ८२७९ नम्बरको टाटा पिकअप भ्यान चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
गाँजासहित भोक्राहा नरसिंह गाउँपालिका–५ बस्ने ३० वर्षीय रामबहादुर यादवलाई नियन्त्रणमा लिइएको छ।
बरामद गाँजा र पक्राउ परेका यादवलाई नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
