वर्षा र बाढीको जोखिमबीच सडकमा खटियो प्रहरी, खाल्डाखुल्डीको पानी हटाउँदै आवागमन सहज

समाचार

पर्सा,९ असोज  । वर्षा, बाढी तथा पहिरोको जोखिम बढिरहेका बेला पर्सा प्रहरीले सर्वसाधारणको सुरक्षित र सहज आवागमनका लागि सडकमा सक्रियता बढाएको छ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले वर्षाका कारण कच्ची सडकका खाल्डाखुल्डीमा जमेको पानी हटाउँदै सडक आवागमन सहज बनाएको हो। पानी जमेर सवारीसाधन तथा पैदल यात्रुलाई आवतजावतमा समस्या हुन थालेपछि प्रहरीले तत्काल सडकमा पुगेर सहजीकरण गरेको जनाएको छ।

प्रहरी कर्मचारीहरूले सडकमा जमेको पानी निकास गराउनुका साथै सम्भावित जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई सुरक्षित रूपमा आवतजावत गर्न सहयोग गरेका छन्।

विपद्को समयमा नागरिकको सुरक्षा, उद्धार तथा सहज आवागमनलाई प्राथमिकतामा राख्दै पर्सा प्रहरीले आवश्यक स्थानमा प्रहरी परिचालन गरी सेवा प्रवाहलाई निरन्तरता दिएको जनाएको छ।

“जनताको सेवा र सुरक्षा नै प्राथमिकता” भन्ने भावनासहित नेपाल प्रहरी विपद्का समयमा समेत नागरिकको साथमा रहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *