भुटानी शरर्णाथी प्रकरण: आज सरकारी वकिलले जवाफी बहस गर्ने

समाचार

काठमाडौं, १ असार । नक्कली शरणार्थी प्रकरणमा आजवाट जवाफी बहस सुरु हुने भएको छ ।

 

सो प्रकरणमा पक्राउ परेका १८ जना आरोपीको तर्फवाट थुनछेक बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गर्नेछन ।

 

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेसहितका चारजना अधिवक्ताले आज जवाफी बहस गर्नेछन् ।

 

आजवाट हुने जवाफी बस शुक्रबार दिउँसो २ बजेभित्र नै सक्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले इजलासबाटै निर्देशन दिईसकेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *