रसीद आलम,बिरगंज ,१ असार ।
बिल बिजक भन्दा बढी हार्डवेयर, मोबिल, कपडा तथा बिभिन्न किसिमका खुद्रा सामानहरु लोड रहेको कन्टेनर ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पर्सा प्रहरीका अनुसार बिल विजक भन्दा बढी विभिन्न किसिमका कपडा, मोबिल, हार्डवेयर लगायतका खुद्रा सामनहरु बोकेको माल बाहक कन्टेनर ट्रक वीरगञ्जबाट काठमाण्डौंतर्फ जाँदै गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीको कमान्डमा खटिएको प्रहरी टोलीले जेठ ३२ गते राति ८:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. २१ परवानीपुर चोक स्थित सडकखण्डबाट ना.४ ख ३९८४ नम्बरको मालवाहक कन्टेनर रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा उक्त मालवाहक कन्टेनरलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेको कन्टेनर र सो भित्र लोड रहेको मोबिल, कपडा, हार्डवेयर तथा विभिन्न किसिमका खुद्रा समानहरुको मुल्य रू.६० लाख ८८ हजार ५ सय ६८ बराबरको मूल्याकंन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आजै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।