बिरगंज ,२० भदौ।
सशस्त्र प्रहरी बल पर्साले रु.११ लाख ३३ हजार ३ सय १० बराबरको भन्सार छलीका विभिन्न सामान बरामद गरि भन्सार दाखिला गरेको छ।
भदौ १९ गते सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलिले भारतबाट नेपाल प्रवेश गर्ने वीरगंज -१६ ईनर्वामा पर्ने विभिन्न सीमा नाकाहरुबाट अबैध रुपमा भन्सार छलि बिभिन्न सार्वजनिक सवारी साधनहरुमा लोड गरी तथा स्वयम् व्यक्तिले पैदल बोकेर नेपालतर्फ ल्याउदै गरेको मुल्य रु. १० लाख ५६ हजार ३ सय ३० बराबरको किराना सामान, कपडा, जुत्ता, मोवाईल पार्टस र कम्प्युटर पार्टसहरु बरामद गरी आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको १३ नम्बर गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।
त्यस्तै ,सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि. अमरपट्टीबाट खटिएको टोलिले विन्दवासिनी गा.पा-३ छठघाटबाट अवैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको रु. ७६ हजार ९ सय ८० बराबरको कपडा बरामद गरेको छ।
