वीरगञ्जमा हर्स ज्वेलर्सबाट चोरी भएका ४ लाखभन्दा बढीका गहना बरामद, एक महिला पक्राउ

समाचार

वीरगञ्ज,२ कार्तिक  । पर्सा प्रहरीले वीरगञ्जस्थित एक सुनचाँदी पसलबाट चोरी भएका करिब ४ लाख ११ हजार रुपैयाँ मूल्य बराबरका गरगहना बरामद गरेको छ। चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ।

पर्सा प्रहरीका अनुसार २०८३ असोज ३० गते दिउँसो करिब २ बजे वीरगञ्ज महानगरपालिका–६ स्थित गहवामाई मन्दिरको उत्तरतर्फ रहेको रानीघाट निवासी रञ्जित साह सोनारको हर्स ज्वेलर्स बाट गरगहना चोरी भएको थियो।

घटनाबारे जानकारी पाएपछि वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक विक्रम सुवेदीको कमान्डमा खटिएको प्रहरी टोलीले चोरी भएका गरगहना बरामद गरेको हो।

प्रहरीले बरामद गरेका गरगहनामा १ तोला सुनको सिक्री र २ तोला चाँदीका ५ सेट पायल रहेका छन्। बरामद गरगहनाको अनुमानित मूल्य ४ लाख ११ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

चोरीको घटनामा संलग्न रहेको आरोपमा एक महिलालाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

पर्सा प्रहरीले घटनाको थप विवरण अनुसन्धानपछि खुल्ने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *