बारामा सशस्त्र प्रहरीको कारबाही : ६ लाख ४६ हजारभन्दा बढीका अवैध सामान बरामद

समाचार

बारा ,१२ कार्तिक । सशस्त्र प्रहरी बल, नेपालले बाराको सीमावर्ती क्षेत्रमा भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याइँदै गरेका लत्ताकपडा र सामान ढुवानीमा प्रयोग भएको मोटरसाइकल बरामद गरेको छ।

मिति २०८३ साल कात्तिक १२ गते सशस्त्र प्रहरी बल, नेपाल बीओपी बरैनियाबाट खटिएको गस्ती टोलीले बारा जिल्लाको विश्रामपुर गाउँपालिका–१, खेखरिया स्थित सीमावर्ती क्षेत्रमा उक्त सामान बरामद गरेको हो।

भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा तथा ती सामान ढुवानीमा प्रयोग गरिएको मोटरसाइकलसहित बरामद सामग्रीको कुल मूल्य रु. ६ लाख ४६ हजार ७५० रहेको सशस्त्र प्रहरी बल, नेपाल बाराले जनाएको छ।

सीमावर्ती क्षेत्रमा हुने अवैध चोरी पैठारी तथा भन्सार छली नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरीको गस्ती टोलीले उक्त सामान बरामद गरेको हो।

बरामद गरिएका लत्ताकपडा र मोटरसाइकल आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी तथा गस्तीलाई निरन्तरता दिँदै आएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *