कोरोनाबाट एक जनाको मृत्यु, ३ सय ८३ जना उपचाररत

समाचार

काठमाडौं, १० बैशाख । कोरोना संक्रमणवाट एकजनाको मृत्यु भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार १४८ नमुना परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

 

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २२४ र एन्टीजेनबाट ९२४ नमुना परीक्षण गर्दा पीसीआरबाट २० र एन्टिजेनबाट ५८ को रिपोर्ट पोजिटिभ आएको हो।

 

यस अवधिमा ५० जना संक्रमित निको भएका छन् भने सक्रिय कोरोना संक्रमितको संख्या ३८३ पुगेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *