पर्सा ,६ असोज ।
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पूर्वमेयर, पूर्वसांसद तथा पूर्वमन्त्री विमल श्रीवास्तवसँग उहाँकै निवासमा पुगेर भेटघाट गरेका छन्।
मेयर सिंहले सामाजिक सञ्जालमार्फत भेटबारे जानकारी दिँदै श्रीवास्तवसँगको भेट आत्मीय र प्रेरणादायी रहेको उल्लेख गरेका छन्।
सिंहले लेखेका छन्, “पूर्वमेयर, पूर्वसांसद एवम् मन्त्री आदरणीय दाजु विमल श्रीवास्तवज्यूसँग उहाँको निवासमा भेट गर्दै। आजको भेटमा दाजु पनि ज्येष्ठ नागरिक हुनु भएको भान भयो। तर उहाँको जाँगरमा (जोशमा) कमीको महसुस भएन।”
भेटका क्रममा समसामयिक विषय तथा वीरगञ्जको अवस्था र विकासका विषयमा समेत कुराकानी भएको बुझिएको छ। पूर्वमेयर श्रीवास्तवसँगको भेटलाई मेयर सिंहले आत्मीयतासँगै अग्रजबाट प्रेरणा लिने अवसरका रूपमा प्रस्तुत गरेका छन्।
