इन्स्टाग्रामको टिप्पणीले महाराष्ट्रमा भडकियो हिंसा, स्थीति नियन्त्रण लिन धारा १४४ लागु

बिदेश समाचार

मुम्बई, ३१ बैशाख । महाराष्ट्र अकोलाको पुरानो शहरमा दुई समुदायबीच झडप भएको छ ।

 

सो झडपमा परेर एकजनाको मृत्यु भएको छ भने एक प्रहरीसहित तीन जना घाइते भएका छन् । सो झडप पछि प्रहरीको संख्या बढाईएको छ भने स्थीतिलाई नियन्त्रणमा लिनका लागि कलेक्टरले त्यहाँ धारा १४४ लगाएका छन् ।

 

साथै, सो झडपछि सो क्षेत्रमा धैरै नै तोडफोड हुन पुगेको छ भने दर्जनौं गाडीहरु तोडफोडमा परेका छन ।

 

जानकारी अनुसार महाराष्ट्रअकोला शहरमा शनिवार एउटा पोष्ट इन्स्टाग्राममा बिबादित सामाग्री प्रकाशित भएको थियो । सो सामाग्री प्रकाशित भए पछि असन्तुष्ट एक समुदायले प्रहरी थानामा पुगेर आफनो  असहमति दर्ज गराएको थियो ।

 

यसैक्रममा प्रहरी थानामा पुगेको उक्त भिड अचानक भडकिन पुगेको थियो । उक्त भीड भडके पछि दुई समुदायको बिचमा झडप सुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *