रसीद आलम,पर्सा ,१५ जेठ ।
ईलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी भिस्वाको सन्युक्त टोलीले भिस्वामा देवि बसबाट भारी मात्रामा लागू औषध बरामद गरेको जानकारी प्राप्त भएको छ।
आज दिउँसो ३:३० बजेको समयमा जिल्ला पर्सा छिपहरमाई गा.पा. वडा नं. ५ भिष्वा ब्रम्हस्थान नजिक खाली जग्गामा पार्किङ गरि राखेको बागमती प्रदेश ०३ ००१ ख. १८१० नम्बरको यात्रु बाहक देवी बस भित्र काठमाण्डौ लानको लागि लागू औषधको एम्पुलहरु लुकाई छिपाई राखेको बिशेष सूचनाको आधारमा प्रहरी चौकि भिष्वा पर्साबाट प्र.स.नि. बिन्देश्वर यादव तथा ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसिको कमान्डमा सो बसलाई चेकजाँच गर्दा बसको पछाडी डिक्की भित्र प्लास्टिकको बाल्टिनमा राखीएको कपडाको झोला भित्र कागजले बेरिएको ८ वटा पोका रहेकोमा ३ वटा पोकामा लागू औषध Noophin को एम्पुल ५०० पिस, ३ वटा पोकामा लागू औषध PHENERAGAN को एम्पुल ५०० पिस र २ वटा पोकामा लागू औषध DIAZEPAM को एम्पुल ५०० पिस गरी जम्मा १५०० पिस लागू औषधको एम्पुलहरु फेला परेको हुँदा उक्त बसको सहचालक जिल्ला पर्सा धोबिनी गा.पा. वडा नं. ४ लंगडी बस्ने सलमान मिया तेलीको छोरा वर्ष ४५ को नुरेश मिया तेली र बस चालक जिल्ला दोलखा भिमेश्वर न.पा. वडा नं.८ बस्ने लाल बहादुर खत्रीको छोरा वर्ष ४२ को दुर्गा राज खत्री लाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

उक्त सम्बन्धमा थप अनसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
उक्त देवि बस प्रतिदिन भिस्वा देखि काठमाडौ रुटमा चल्ने बस हो।

