भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु पर्सा प्रहरीद्वारा बरामद ।

समाचार

बिरगंज ,७ साउन ।

आइतबार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी पैठारी गरी ल्याएका विभिन्न किसिमका सामानहरु बरामद गरेको जनाएको छ ।

पक्राउ गरेकोमा भेष्ट-३९० पिस जसको बजार मुल्य रु-२,३५,०००/, कुर्था सुरुवाल-१५ पिस जसको बजार मुल्य रु-१५,०००/, जेन्स टिसर्ट-३२ पिस जसको बजार मुल्य रु-१९,०००/ रहेको प्रहरीले जनाएको छ।

 

सो पक्राउ गरिएको सामानहरुको जम्मा रु. २,६९,०००/-बराबरको मुल्यांकन गरि आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *