बीरगंज, ३ भदौ।
अनुकरणीय कार्यशैली, इमानदारिता र कर्तव्यनिष्ठाको उच्च मूल्याङ्कन गर्दै प्रहरी निरीक्षक सुरेन्द्रराज खड्कालाई सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) मा पदोन्नति गरिएको छ।
लामो समयदेखि प्रहरी सेवामा समर्पित खड्काले सीमा सुरक्षा, शान्ति–सुरक्षा, अपराध नियन्त्रण तथा समाजसँग नजिक रहँदै दिगो र प्रभावकारी कार्यक्षेत्र निर्माणमा उल्लेखनीय योगदान गर्दै आउनुभएको छ। उहाँको नेतृत्वशैली, पारदर्शिता र कार्यप्रति निष्ठाले संगठन मात्र नभई समाजमा समेत सकारात्मक छाप छोडेको छ।
पर्साको बीओपी ड्राईपोर्टमा बीओपी प्रमुखको रूपमा कार्यरत खड्कालाई भदौ २ गते मुख्यालयमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो।
खड्काको पदोन्नति संगठनको गौरव मात्र नभई सहकर्मी र स्थानीय समुदायका लागि समेत प्रेरणादायी उपलब्धि बनेको छ। उहाँले आगामी कार्यकालमा अझै ऊर्जा, लगनशीलता र दक्षतासहित संगठनलाई मजबुत बनाउन योगदान पुर्याउने विश्वास लिइएको छ।
