अलौ गुल्मको कारबाही : ४ लाखभन्दा बढीका मोबाइल पार्ट्स बरामद

समाचार

पर्सा, ३ भदौ ।
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म अलौ, पर्साले अवैध रूपमा भारतबाट ल्याइएका मोबाइल पार्ट्स बरामद गरेको छ।

मिति २०८२ भदौ ३ गते गुल्मका डिएसपी कृष्ण सिंह पुजाराको कमान्डमा खटिएको टोलीले बिरगंज महानगरपालिका–१७ स्थित ICP गेटबाट नेपालतर्फ ल्याइँदै गरेका मोबाइल पार्ट्स नियन्त्रणमा लिएको हो।

करिब रु. ४,२९,५०० बराबरको उक्त सामान ल्याउने व्यक्तिले सशस्त्र प्रहरी टोली देखेपछि भागेका कारण सामान मात्र बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी पुजाराले जानकारी दिएका छन्।

बरामद गरिएका सामानलाई आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरीले पर्सास्थित वीरगंज भन्सार कार्यालयमा बुझाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *