प्रतिबन्धित लागूऔषध डाईजेपाम सहित पर्साका एक जना मकवानपुर प्रहरीको नियन्त्रणमा ।

समाचार

रसीद आलम, मकवानपुर ,१९ साउन ।

मकवानपुर प्रहरीले १४९८ एम्पुल लागूऔषध डाईजेपाम सहित १ जना पर्सेली ब्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ।

बिहीबार राती ११:३० बजेको समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट वरिष्ठ सई मन्जु कुमारी रानाको कमाण्डमा खटिएको प्रहरी टोलीले मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं १५ रातोमाटे चेकपोष्ट स्थित सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा बीरगंजबाट हेटौडातर्फ आउदै गरेको बागमती प्रदेश ०३-००१ ख २३९८ नम्बरको यात्रुवाहक बसको सह चालक जिल्ला पर्सा धोविनी गांउपालिका वडा नं. ४ बस्ने बर्ष २२ को साकिर खानलाई शंका लागी  निजको शरीर खानतलासी गर्ने क्रममा निजले सो गाडीको डिक्की भित्र चामलको बोरा मुनी लुकाई छिपाई गरी ल्याईएको अबस्थामा लागुऔषध डाईजेपाम ५०० एम्पुल, फेनारगन ४९८ एम्पुल, नुफिन ५०० एम्पुल गरी जम्मा १४९८ एम्पुल फेला परेको हुदाँ उक्त लागूऔषध सहित निज साकिर खानलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले बताएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *