आगामी निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्कीको नेतृत्वमा उच्चस्तरीय बैठक, सबै निकायको एकमत– “निर्वाचन अवश्य हुन्छ”

समाचार

काठमाडौ ,२० मंसिर ।

प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा राजनीतिक दल, निर्वाचन आयोग तथा चारै सुरक्षा निकायका शीर्ष प्रतिनिधिहरू सहभागी रहेको उच्चस्तरीय बैठक बसेको छ। बैठकमा आसन्न निर्वाचनको समग्र तयारी, सुरक्षा व्यवस्थापन तथा हाल देखिएका विभिन्न चुनौतीहरूको गहन समीक्षा गरिएको प्रधानमन्त्री कार्कीले जानकारी दिनुभयो।

प्रधानमन्त्री कार्कीले युवाहरूको आवाज, हालैका अप्रत्याशित घटना, बढ़्दो सुरक्षा चुनौती र जनभावनालाई मध्यनजर गर्दै सबै निकाय एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“निर्वाचन हुनुपर्छ, र हामी सबै प्रतिबद्ध छौँ,” प्रधानमन्त्री कार्कीले बैठकपछि बताउनुभयो।

बैठकमा निर्वाचन आयोगले तयारी तीव्र गरिरहेको र सुरक्षा निकायहरू पूर्ण तयारी अवस्थामा रहेको प्रस्तुत गरिएको थियो। सहभागी सबै पक्षहरूले स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न सहकार्य र समन्वयलाई अझ सुदृढ बनाउने निर्णय गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *