ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीद्वारा लागू औषध सहित मानिस पक्राउ ।

समाचार

रसीद आलम, पर्सा ,१६ भदौ ।

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको प्रमुख प्रहरी निरीक्षक राम राजा केशरीको कमाण्डमा लागू औषध चरेस सहित एक ब्यक्तिलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पर्साको जगरनाथपुर गा. पा. वडा न. ४ मथुरा चोकमा शुक्रबार राती १०:५५ को समयमा पैदल जादै गरेको जगरनाथपुर गा.पा.वडा नं. ४ कदमिया टोल निवासी धनराज मुखियाको छोरा वर्ष ५० को चन्द्रिका मुखियालाई चेकजाँच गर्ने क्रममा निजले बोकेको पहेलो रंगको प्लाष्टिकको बोराभित्रबाट काटुन टेपले बेरेको लागू औषध चरेस २० पोका बरामद भएको र सोको तौल गर्दा १० के.जी. १९० ग्राम रहेको जानकारी प्रहरीले गराएको छ।

सो बरामद भएको लागू औषध चरेससहित निज चन्द्रिका मुखियालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ।

त्यस्तै ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको मातहतमा पर्ने अस्थायी प्रहरी पोष्ट मनवा पर्साले चेकजाँच गर्ने क्रममा जितपुर बाट मनवा तर्फ आउदै गरेको प्रदेश नं. २-०३-००१ ह. २७२ नम्बरको अटो रिक्सामा लागु औषध गाँजा ५ के.जी. सहित मकवानपुर सुनाचुरी गा.पा.वडा नं. ६ वस्ने जित बहादुर प्रजाको छोरा वर्ष ३८ को चन्द्रमान प्रजालाई नियन्त्रणमा लिईएको र सो सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *