नेपाली नक्कली नोट सहित दुईजना रौतहटवासी पक्राउ ।

समाचार

रसीद आलम, मकवानपुर ,१५ भदौ ।

हजारको नेपाली नक्कली नोट सहित २ जना रौतहटवासीलाई पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

बिहीबार विशेष सुचनाको आधारमा ई.प्र.का.पशुपतिनगरबाट प्रहरी निरीक्षक दिनेश बहादुर कुवँर र प्रहरी चौकी रातोमाटेबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. १५ चुरीयामाई मन्दिर स्थितबाट रौतहट कठहरिया न.पा. वडा नं. ०१ बस्ने वर्ष १९ को दिपेश कुमार दास र सोहि बस्ने वर्ष २० को धेमेन्द्र महरालाई फेला पारी चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट हजार दरको रु.९५०००।– (पन्चानब्बे हजार) नेपाली नक्कली नोट फेला परेको हुदाँ उक्त नक्कली नोटसहित निजहरुलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दास र महरालाई मकवानपुर जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *