सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंज पर्साद्वारा स्रोत नखुलेको अबैध रकमसहित एक जना भारतीय पक्राउ ।

समाचार

रसीद आलम,बिरगंज ,१८ भदौ ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजको सशस्त्र प्रहरी निरीक्षक प्रेम सिंह बिष्टको कमान्डमा खटिएको टोलिले स्रोत नखुलेको अबैध रकमसहित एक जना भारतीयलाई पक्राउ गरेको जनाएको छ।

आइतबार बिहान् ११:२० बजेको समयमा बिरगंज म.न.पा.१६ भन्सारको मेनगेटमा विशेष सूचनाको आधारमा भारतबाट नेपाल तर्फ आउदै गरेको BR 05 U 3978 नम्बरको मोटरसाइकललाई शंका लागी चेकजाच गर्ने क्रममा भारत जिल्ला पुर्वी चम्पारण रक्सौल नगरपंचायत-२० डुमरिया टोला बस्ने बर्ष २७ को बब्लु रायले बोकेको झोलाबाट श्रोत नखुलेको नेपाली नगद रु.१००० (हजार)को नोट ३०० थान ५०० को नोट १०० थान जम्मा ३ लाख ५० हजार तथा प्रतिवन्धित भारतिय नगद रु.५०० को नोट १४० थान जम्मा ७० हजार फेला परेको हुँदा निज रायलाई नियन्त्रणमा लिई आवश्यक कारवाही तथा थप अनुसन्धानको लागी वडा प्रहरी कार्यालय विर्ता पर्सामा बुझाईएको गुल्मले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *