बारामा एसपी सन्तोष तामाङको नेतृत्वमा कडा सुरक्षा अभियान: लागुऔषध, तस्करी तथा गैरकानुनी क्रियाकलापविरुद्ध कडा कारबाही

बारा, २२ फागुन – जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङ को नेतृत्वमा जिल्लामा शान्ति सुरक्षा मजबुत बनाउन तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न कडा अभियान सञ्चालन भइरहेको छ। एसपी तामाङले कार्यभार सम्हालेको एक महिनाभित्रै तस्करी, लागुऔषध, हुण्डी, अवैध कारोबार तथा आपराधिक क्रियाकलाप नियन्त्रणमा प्रहरीको सक्रियता बढाएको छ। उनले “शान्ति सुरक्षामा कुनै सम्झौता नगर्ने” […]

पुरा पढ़नुश

न्यूजील्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा

काठमाडौँ,२२ फागुन  । न्यूजील्याण्ड आइसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ । बुधबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ५० रनले पराजित गर्दै न्यूजील्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको हो । न्यूजील्याण्डले दिएको ३६३ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाउदै ३१२ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले ६७ बलमा शतक […]

पुरा पढ़नुश

कुलमानलाई तीन दिनको म्याद दिएर स्पष्टीकरण सोधिदै

काठमाडौँ ,२२ फागुन । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले तीन दिनको म्याद दिएर उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । उर्जामन्त्री दिपक खड्काको प्रस्तावमा कुलमानलाई तीन दिनको समय दिएर स्पष्टीकरण सोध्न मन्त्रालयलाई अधिकार दिने निर्णय गरिएको हो […]

पुरा पढ़नुश

अमेरिकाले थप कर लगाएपछि चीनको जवाफ- अन्तिमसम्म लड्न तयार छौं

काठमाडौँ ,२२ फागुन । राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप १० प्रतिशत कर लगाउने घोषणा गरेपछि चीनले बदलाको धम्की दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले चीन कुनै पनि धम्कीबाट नडराउने बताउदै अमेरिका युद्ध चाहन्छ भने चाहे त्यो व्यापार युद्ध होस् वा अन्य कुनै पनि प्रकारको युद्ध, चीन अन्तिमसम्म लड्न तयार रहेको बताएका छन् […]

पुरा पढ़नुश

गाैर राइस मिलको जग्गा प्रकरण : दोषीलाई कारबाही गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र

रौतहट ,२२ फागुन । गौर राइस मिलको जग्गा भू-माफियाबाट बचाउन र दोषीलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाईएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज अजयकुमार गुप्ताले बुधबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका हुन्। गाैर नगरपालिकाका पूर्वमेयर समेत रहेका एमाले नेता  गुप्ताले प्रधानमन्त्री ओलीलाई भेटेर गौर राइस मिलको जग्गा भू-माफियाले […]

पुरा पढ़नुश

अमेरिकाले युक्रेनसँग गुप्तचर जानकारी साझा नगर्ने

काठमाडौँ,२२ फागुन  । अमेरिकाले युक्रेनसँग गुप्तचर जानकारी साझा गर्न बन्द गरेको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले अमेरिकाले युक्रेनसँग गुप्तचर जानकारी साझा गर्न बन्द गरेकोपुष्टि गरेका छन्  । गुप्तचर जानकारी आदानप्रदानमा रोक लगाइएको बारेमा सोध्दा, वाल्ट्जले पत्रकारहरूलाई भने, ‘हामी एक कदम पछि हटेका छौं ।’ उनले भने कि ट्रम्प प्रशासनले युक्रेनसँगको सम्बन्धका सबै […]

पुरा पढ़नुश

बारा अमलेखगञ्जमा २ किलो लागू औषधसहित दुई जना पक्राउ

बारा, फाल्गुन २१ । बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–२१, अमलेखगञ्जमा २ किलो ४१ ग्राम अफिम जस्तो देखिने लागू औषधसहित दुई जना पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार फाल्गुन २१ गते दिउँसो करिब ३:०० बजे […]

पुरा पढ़नुश

हावाहुरीको कारण फेवातालमा फसेका तीन जनाको सकुशल उद्वार

पोखरा । सशस्त्र प्रहरीले कास्की जिल्लाको पोखरा महानगरपालिका–६ बाट हावाहुरीमा फसेका तीन जनाको सकुशल उद्धार गरेको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका–६ स्थित प्याडल बोटमा बोटिङ्ग गरिरहेको अवस्थामा एक्कासी आएको हावाहुरीका कारण तालमा फसेका तीन जनाको कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले  सकुशल उद्वार गरेको हो ।

पुरा पढ़नुश

भारत च्याम्पियन्स ट्रफीको फाइनलमा

काठमाडौँ ,२१ फागुन । भारत च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ । च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो । अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य पछाएको भारतले ४८.१ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । भारतको जितमा विराट कोहलीले सर्बाधिक ८४ रन बनाएका थिए भने श्रेयस अय्यरले ४५ […]

पुरा पढ़नुश

भारतबाट कलैया लैजाँदै गरेको नेपाली २५ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ

बारा,२१ फागुन ।भारतबाट नेपालतर्फ ल्याइँदै गरेको नेपाली २५ लाख रुपैयाँसहित एक जना व्यक्ति पक्राउ परेका छन्। हुण्डीमार्फत् कारोबारीले कलैयातर्फ ल्याउँदै गरेको  २५ लाख नेपाली रुपैयाँ रौतहट बारासँग जोडिएको झरौखर नाकामा सीमा सुरक्षा बल एसएसबीले बरामद गरेको हो। भारतबाट हुण्डीमार्फत् ठूलो परिमाणमा नेपाली रुपैयाँ लगिएको विशेष सूचनाको आधारमा एसएसबी ७१ औं बटालियन पिपराकोठीका प्रमुख कमान्डेन्ट प्रफुल […]

पुरा पढ़नुश