बाराका एसपी सन्तोष तामाङको एक महिना, चौतर्फी प्रगति

बारा ,२३ फागुन ।जिल्ला प्रहरी कार्यालय बारा तथा मातहतका युनिटहरूले एक महिनाको अवधिमा साढे तीन करोडभन्दा बढीको अबैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुखको रूपमा एसपी सन्तोष तामाङले कमाण्ड सम्हालेपछि माघ १८ यता फागुन २० गतेसम्म विभिन्न नाकाबाट भन्सार छलेर ल्याइएको ३ करोड ५८ लाख ४० हजार ६५९ रुपैयाँ बराबरको सामान बरामद […]

पुरा पढ़नुश

बारा प्रहरीले ३ लाख बराबरको अवैध घरेलु मदिरा नष्ट गर्यो

बारा, २३ फागुन । जिल्लाका विभिन्न स्थानमा सञ्चालित अवैध घरेलु मदिरा भट्टीहरूमा प्रहरीले कारबाही गर्दै करिब ३ लाख रुपैयाँ बराबरको मदिरा नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराको समन्वयमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ र इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको टोलीले फागुन  २० र २१ गते विशेष अभियान सञ्चालन गरी अवैध मदिरा नष्ट गरेको हो। सिम्रौनगढ […]

पुरा पढ़नुश

बारामा बस र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

बारा, २३ फागुन । बारा जिल्लाको कलैया उपमहानगरपालिका–१४ बघवनस्थित सडकमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। शुक्रबार  बिहान करिब ३:१५ बजे बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको ना ६ ख ५०६७ नम्बरको बस र विपरीत दिशाबाट गइरहेको ना ३९ प ७३६७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए। घाइते भएका रौतहट, […]

पुरा पढ़नुश

जीपको ठक्करबाट पेटीमा बसिरहेका दिदीबहिनीको घटनास्थलमै मृत्यु

उदयपुर,२३ फागुन  । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ डिएमगेटमा हिजो साँझ बोलेरो जीपको ठक्करबाट दिदीबहिनीको घटनास्थलमै मृत्यु भएको छ । त्रियुगा गाईघाट डिएमगेटबाट बसपार्क जाने भित्री सडकमा गाईघाटस्थित हिमशिखर फर्निचरको बोलेरो जीपले बाटो काट्ने क्रममा अनियन्त्रित भएर घरको पेटीमा बसिरहेका दुई दिदीबहिनिलाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । सप्तरी जिल्ला राजविराज […]

पुरा पढ़नुश

बसन्तपुरमा ठड्याइयो चीर, विधिवत रुपमा सुरु भयो होली

काठमाडौं ,२३ फागुन । आजबाट रंगहरूको पर्व फागु अर्थात् होली विधिवत रुपमा सुरु भएको छ । काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ शुक्रबार बिहान होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत सुरुवात भएको हो । बिहान ८ बजेर ३३ मिनेटको साइतमा चीर ठड्याइएको हो । फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली […]

पुरा पढ़नुश

मुख्यमन्त्री सिंहद्वारा रौतहटका थप १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन

सञ्जय मिश्रा रौतहट २३ फागुन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रौतहटको मध्यभाग गरुडा–शिवनगर चौकस्थित मापदण्ड विपरीत सञ्चालित १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री सिंहले बिहीवार अबेर साँझ गरुडा र शिवनगरमा सञ्चालित निजी अस्पतालहरुको छड्के अनुगमन निरीक्षण गर्दै मापदण्ड पुरा नगरी सञ्चालनमा रहेको १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन […]

पुरा पढ़नुश

बिरगंजमा मानव बेचबिखनमा संलग्न चार जना कारागार चलान

पर्सा, २३ फागुन मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गतको कसूरमा संलग्न चार जना व्यक्तिलाई पर्सा जिल्ला अदालतको आदेशअनुसार कारागार चलान गरिएको पर्सा प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट मिति २०८१ माघ १७ गते र फागुन १ गते खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिकाका विभिन्न होटलहरूमा चेकजाँच गर्दा राम्रो आम्दानीको प्रलोभन देखाएर महिलाहरूलाई जबरजस्ती […]

पुरा पढ़नुश

राष्ट्रियसभाबाट पनि स्वीकृत भए पाँच अध्यादेश

काठमाडौं,२२ फागुन  । राष्ट्रिय सभाबाट पनि सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृत भएका छन् । यस अघि बुधबार प्रतिनिधि सभाबाट स्वीकृत भएका पाँच अध्यादेश विहिबार राष्ट्रिय सभाबाट स्वीकृत भएका हुन् । प्रतिपक्षको विरोधका बाबजुत बुधबार सरकारले पेश गरेका पाँच अध्यादेश संसद्को दुवै सदनबाट स्वीकृत भएका छन् । राष्ट्रियसभामा स्वीकृत भएका अध्यादेशमा सहकारी सम्बन्धि केहि नेपाल ऐनलाई […]

पुरा पढ़नुश

समाज र विज्ञान पछाडी फर्किदैन- गृहमन्त्री लेखक

डडेलधुरा ,२२ फागुन । गृहमन्त्री रमेश लेखकले समाज र बिज्ञान पछाडी नफर्किने बताएका छन् । बिहीवार डडेल्धुराको परर्शुराम नगरपालिकामा आयोजित परर्शुराम साहित्य महोत्सव उद्घाटन समारोहमा बोल्दै राजतन्त्र फर्किने सम्भावना नरहेको बताए । ‘देशमा गणतन्त्र आईसकेको छ,केहि साथिहरुले राजतन्त्र पुनस्थापना कुरा गरिरहनुभएको छ, गृहमन्त्री लेखकले भने, ‘लोकतान्त्रीक ब्यबस्थामा  अलोतान्त्रिक राजतन्त्रमा पछाडी फर्किने सम्भावना छैन । निकै […]

पुरा पढ़नुश

कुलमानलाई सरकारले सोध्यो चार बुँदे स्पष्टीकरण

काठमाडौं,२२ फागुन  । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले चार बुँदे स्पष्टीकरण सोधेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानलाई तीन दिनको समय दिएर चार बुँदे स्पष्टीकरण सोधेको थियो । कुलमानले सरकारले सोधेको स्पष्टीकरण विहिबार साँझ बुझेका हुन् । स्पष्टीकरणमा समयसीमाभित्र आर्थिक वर्ष २०८०-०८१ को कार्यसम्पादन प्रतिवेदन पेश नगरी सम्झौताको शर्त उल्लङ्घन […]

पुरा पढ़नुश