पत्नीको पुस्तक बारे ओली- यो कहानी वा कथा होइन, सत्य कुराको लिखत हो

काठमाडौँ,१० फागुन  । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्यद्वारा लिखित पुस्तक सत्य लिखत भएको टिप्पणी गरेका छन् । शनिबार राजधानीमा आयोजित पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले पुस्तक यो कहानी वा कथा नभएर सत्य कुराको लिखत भएको बताएका हुन् । उनले भने ‘मैले पढ्दा किताब राम्रै लाग्यो। यो उपन्यास होइन, सत्य कुराको लिखत हो । […]

पुरा पढ़नुश

परराष्ट्रमन्त्री राणा र ओडिशाका मुख्यमन्त्री माँझीबीच कुराकानी

काठमाडौँ,१० फागुन  । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीसँग फोनमा कुराकानी गरेकी छन् । मन्त्री राणाले लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुको सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेको बताएकी छन् […]

पुरा पढ़नुश

नेपाली भूमिमा प्रवेश गरेर एसएसबीले गरयाे ज्यादती, नेपाली युवकको खुट्टा गुम्यो

रौतहट १० फागुन । भारतीय सीमा सुरक्षा बल एसएसबीको ज्यादतीको कारण सर्लाहीका एक युवकले खुट्टा गुमाउनु परेको घटना प्रकाशमा आएको छ। नेपाली भूमिमा प्रवेश गरी एसएसबिका जवानले गरेको अन्धाधुन्ध लाठी प्रहारबाट सर्लाही बलरा नगरपालिका ३ का महेन्द्र रायको १८ बर्षिय छोरा गोलु राय यादवको खुट्टा गुमिएको पीडित परिवारले जनाएको छ। गोलु राय यादव ३ दिन […]

पुरा पढ़नुश

अभिब्यक्ति स्वतन्त्रता मिच्ने काम हुदैँन्: प्रधानमन्त्री

काठमाडौँ, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएकाले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने कुनै काम सरकारबाट नहुने स्पष्ट गरेका छन्। ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यावसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले हिजो सँगै रहेर मस्यौदा गरेका केही मान्छेहरुले अहिले अभिव्यक्ति स्वतन्त्रता हनन् हुन […]

पुरा पढ़नुश

देश बचाउन र बनाउन राजा तथा जनताको साझेदारी आबश्यक छ : कमल थापा

हेटौंडा,१० फागुन  । राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधान तथा गृहमन्त्री कमल थापाले देश बचाउन राजा र जनताको साझेदारी आवश्यक रहेको बताएका छन्। शुक्रबार हेटौडामा आयोजित अगुवा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राष्ट्रिय एकताको विषयमा राजनीतिक दलहरूको एटटै स्वर नहुँदा बाह्य शक्तिहरूले आक्रमण गर्ने गरेको बताए। उनले विदेशीहरूको ठूलो चलखेलले देशमा आर्थिक संकट उत्पन्न भएको […]

पुरा पढ़नुश

स्ववियु निर्वाचनको तालिका प्रकाशित

काठमाडौं ,१० फागुन । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आगामी चैत ५ गते निर्वाचन हुनेगरी कार्यतालिका सार्वजनिक गरेको हो । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार फागुन १९ गते दिउँसो ३ बजेसम्म संघ-संगठन-समूह दर्ता, […]

पुरा पढ़नुश

बिबिसीलाई भारतमा साढे पाँच करोड जरिवाना

काठमाडौँ,१० फागुन  । भारतको प्रवर्तन निर्देशनालय (इडी) ले विदेशी प्रत्यक्ष लगानी (एफडीआई) नियमहरू उल्लङ्घन गरेको आरोपमा बीबीसी वर्ल्ड सर्भिस इन्डियालाई ३.४४ करोड भारु अर्थात साढे ५ करोड रुपैयाँ जरिवाना गरेको छ । ईडीले बीबीसीका तीन निर्देशकहरूलाई १.१४ करोड रुपैयाँभन्दा बढी जरिवाना पनि लगाएको छ । यो आदेश भारतीय विदेशी विनिमय व्यवस्थापन ऐन अन्तर्गत दिइएको इकोनोमिक्स […]

पुरा पढ़नुश

कुनै पार्टीसँग एकताको सम्भावना छैन- नेपाल

काठमाडौँ,१० फागुन  । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन् । जारी दोस्रो केन्द्रीय समिति बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी एकताबारे कुप्रचारको भ्रममा नपर्न आग्रह समेत गरेका छन् । केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उपमहासचिव बर्षमान पुनले एकीकृत समाजवादीसँग चाँडै एकता हुने बताएका […]

पुरा पढ़नुश

गोरु तस्करी प्रकरण: के गर्दै छ प्रदेश प्रहरी?

हेटौँडा,१० फागुन  । मकवानपुरको रातोमाटेबाट खुलेआम गोरु तस्करी भएको घटनाले सुरक्षा निकायमाथि गम्भीर प्रश्न खडा गरेको छ। प्रहरी प्रशासनकै मिलेमतोमा गोरु तस्करी भएको आरोप लागिरहेका बेला बागमती प्रदेश प्रहरी कार्यालयले छानबिन सुरु गरेको बताएको छ । मकवानपुरको रातोमाटेबाट फागुन ४ गते राति गोरु तस्करी भएको थियो। ट्रक (बा.प्र. ३–००१ ख १४२४) बाट २५ वटा गोरु […]

पुरा पढ़नुश

चन्द्र भण्डारीको टिप्पणी- नेपाली अनागरिक बन्दैछन !

काठमाडौं,१० फागुन  । नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीले पछिल्लो समय नेपालीहरू अनागरिक बन्दै गएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता भण्डारीले पैसा कमाउने लोभले होस या देश छाड्ने होडबाजीले होस् नेपाली नागरिक अनागरिक बन्दै गएको बताएका हुन् । उनले भनेका छन्- नेपाली अनागरिक बन्दैछन ! जुनसुकै कारणले होस – […]

पुरा पढ़नुश