ठुलो पर्दामा सौरभ गांगुली बन्दै राजकुमार राव

काठमाडौँ,१० फागुन  । बलिवुड अभिनेता राजकुमार रावले भारतीय पूर्व क्रिकेट कप्तान सौरभ गांगुलीको बायोपिक फिल्ममा देखिने भएका छन् । सौरभको क्रिकेट यात्राको बारेमा बन्ने फिल्ममा उनको भूमिका अभिनेता राजकुमार रावले निभाउने भएका हुन् । पश्चिम बंगालको वर्धमानमा मिडियासँग कुरा गर्दै सौरभ गांगुलीले भने, ‘मैले सुनेको अनुसार, राजकुमार रावले मुख्य भूमिका खेल्नेछन्, तर मितिको बारेमा एउटा […]

पुरा पढ़नुश

लोकतन्त्रको विकल्प खोज्नु मुलुकलाई संकटमा धकेल्ने काम हो- गृहमन्त्री लेखक

काठमाडौं,१० फागुन  । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित सुदूरपश्चिम कानुन समाजको प्रथम अधिवेशनमा गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने बताए । ‘अहिलेको संविधानले लोकतन्त्रलाई सुनिश्चित गरेको छ । यसको विकल्प खोज्ने भनेको मुलुकलाई संकटमा धकेल्ने काम हो । त्यसैले सबै ठाउँबाट संविधानमाथि हुने आक्रमणको डटेर सामना गर्नुपर्छ […]

पुरा पढ़नुश

हुन्डी कारोबारको आशंकामा स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

बीरगंज, १० फागुन । सशस्त्र प्रहरी बल पर्सा अन्तर्गत प्रस्तावित सिमा सुरक्षा गुल्म बीरगंजका डिएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा ४ लाख नेपाली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत, पूर्वी चम्पारण रक्सौलका ३४ वर्षीय कन्हैया कुमार गुप्ता रहेका छन्। उनी भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गर्दा बीरगंज-१६ भन्सार चेकपोस्टमा पक्राउ परेका हुन्। गुप्ताले नेपाली […]

पुरा पढ़नुश

विरगंजमा एयर गनसहित भारतीय नागरिक पक्राउ

बिरगंज ,९ फागुन । सशस्त्र प्रहरी बल पर्सा अन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म, विरगंजका डिएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा एक भारतीय नागरिक एयर गनसहित पक्राउ परेका छन्। जिल्ला पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित वीरगञ्ज भन्सार कार्यालयको मेनगेट अगाडि सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको चेकप्वाइँट ड्युटी टोलीले एयर गन र […]

पुरा पढ़नुश

जनमत पार्टी पर्साका अध्यक्ष सरार्फको नेतृत्वमा जनमत पार्टीद्वारा ठोरीको कलस क्याटल गाई फार्ममा गाई संरक्षणका लागि प्रशासनलाई ध्यानाकर्षण

पर्सा, फाल्गुन ९ । जनमत पार्टी, पर्साले ठोरी गाउँपालिका-५, सुवर्णपुरस्थित कलस क्याटल (गाई फार्म) मा रहेका गाईहरूको संरक्षणका लागि जिल्ला प्रशासन कार्यालय, पर्सामा ध्यानाकर्षण गराएको छ। उक्त गाई फार्मका सञ्चालकहरूबीचको आपसी विवादका कारण करिब २ सयभन्दा बढी गाईहरूलाई आवश्यक खाना, पानी, उपचार र हेरचाहको अभावमा बिरामी हुने र मर्न सक्ने खतरा रहेको जनाउँदै जनमत पार्टीले […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीद्वारा अवैध रूपमा नेपाल ल्याइँदै गरेका २ वटा पाडी नियन्त्रणमा

पर्सा, फागुन ९ । सशस्त्र प्रहरी बल पर्साअन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुर पिपराले शुक्रबार बिहान ७:३५ बजे दुई वटा पाडी नियन्त्रणमा लिएको छ। गुल्म भिखमपुर पिपराका निमित्त गुल्मपति सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र बहादुर बिष्टको नेतृत्वमा खटिएको टोलीले पर्सा जिल्लाको धोबिनी गाउँपालिका–२ मा पर्ने घोडढौडा सीमाना नाकाबाट अन्दाजी रु. २० हजार बराबरको दुई वटा पाडी […]

पुरा पढ़नुश

जिल्ला प्रहरी कार्यालय पर्साद्वारा हराएको सुटकेश र नगद फेला पारि सम्बन्धित धनीलाई जिम्मा

पर्सा,  फागुन ९। जिल्ला प्रहरी कार्यालय पर्साले हराएको सुटकेश र नगद रु. १०,८०० (दश हजार आठ सय) फेला पारेर सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। गत मिति २०८१ फागुन ७ गते दिउँसो करिब २ बजे वीरगञ्ज महानगरपालिका–१५ स्थित लत्ताकपडा रहेको एक सुटकेश र नगद रु. १०,८०० भएको पर्स हराएको जानकारी प्राप्त भएको थियो। मोटरसाइकल सवारी चलाउँदै […]

पुरा पढ़नुश

ट्रम्प नीतिको डरले ११ वर्षीया आप्रवासी बालिकाले गरिन आत्महत्या

टेक्सास, ९ फागुन । अमेरिकाको टेक्सासमा ११ वर्षीया बालिकाले आत्महत्या गरेको एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ ।   परिवारको अध्यागमन अवस्थाका कारण विद्यालयमा उनलाई लगातार जिस्काउनने गरेको र स्कूलमा उनका सहपाठीहरूले उनलाई उनका आमाबुवालाई अमेरिकाबाट निकालिने र एक्लै छाडने धम्की दिए पछि प्रताणित भएर आत्महत्या गरेको खुलेको हो ।   यही मानसिक तनाव र […]

पुरा पढ़नुश

बैतडीमा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

बैतडी,९ फागुन  । बैतडीमा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु भएको छ। जिल्लाको डिलासैनी गाउँपालिका–३ सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्र बहादुर खडायतको बुधवार भिरबाट लडेर मृत्यु भएको छ। दार्चुलाको शैलशिखर नगरपालिका–१ बारिलका खडायत बुधबार साँझ घरबाट कार्यालय फर्किने क्रममा भिरबाट लडेर घाइते भएका थिए। घाइते उनलाई तत्काल कुलेश्वर अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले मृत […]

पुरा पढ़नुश

राप्रपाको बृहत भण्डाफोर कार्यक्रम आजबाट सुरू हुदैँ

काठमाडौं, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको बृहत भण्डाफोर कार्यक्रम आजवाट सुरू हुदैँछ ।   पुर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको दिन दिएको बक्तब्यले उत्साहित भएको राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले आजवाट ‘बृहत भण्डाफोर’ कार्यक्रम गर्न लागेको हो ।   राप्रपाका महामन्त्री एव सचिवालय प्रमुख राजेन्द्र गुरूङका अनुसार आज पहिलो दिन बृहत भण्डाफोर कार्यक्रम पोखरावाट सुरू […]

पुरा पढ़नुश