हुन्डी कारोबारको आशंकामा स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

समाचार

बीरगंज, १० फागुन ।

सशस्त्र प्रहरी बल पर्सा अन्तर्गत प्रस्तावित सिमा सुरक्षा गुल्म बीरगंजका डिएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा ४ लाख नेपाली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत, पूर्वी चम्पारण रक्सौलका ३४ वर्षीय कन्हैया कुमार गुप्ता रहेका छन्। उनी भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गर्दा बीरगंज-१६ भन्सार चेकपोस्टमा पक्राउ परेका हुन्।

गुप्ताले नेपाली १००० दरका ३०० थान र ५०० दरका २०० थान गरी कुल ४ लाख रुपैयाँ आफ्नो शरीरको विभिन्न भागमा लुकाएर ल्याउँदै गरेको अवस्थामा उनलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ गर्दा प्रयोग गरिएको बीआर ०५ एबी ६६९४ नम्बरको मोटरसाइकलको मूल्य १ लाख रुपैयाँ आँकलन गरिएको छ।

सशस्त्र प्रहरीले पक्राउ परेका गुप्ता ,बरामद रकम र मोटरसाइकललाई थप अनुसन्धान तथा आवश्यक कानूनी कारबाहीका लागि बीरगंज भन्सार कार्यालय बुझाउने प्रक्रिया अगाडि बढाएको सशस्त्र प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *