जिल्ला प्रहरी कार्यालय पर्साद्वारा हराएको सुटकेश र नगद फेला पारि सम्बन्धित धनीलाई जिम्मा

समाचार

पर्सा,  फागुन ९।

जिल्ला प्रहरी कार्यालय पर्साले हराएको सुटकेश र नगद रु. १०,८०० (दश हजार आठ सय) फेला पारेर सम्बन्धित धनीलाई जिम्मा लगाएको छ।

गत मिति २०८१ फागुन ७ गते दिउँसो करिब २ बजे वीरगञ्ज महानगरपालिका–१५ स्थित लत्ताकपडा रहेको एक सुटकेश र नगद रु. १०,८०० भएको पर्स हराएको जानकारी प्राप्त भएको थियो।

मोटरसाइकल सवारी चलाउँदै गरेको अवस्थामा बाटोमै पर्स हराएको सूचनाको आधारमा प्रहरीले खोजतलास सुरु गरेको थियो। प्रहरीको सक्रियतामा उक्त सुटकेश र नगद फेला परेको हो।

पर्सा प्रहरीले सम्पूर्ण प्रमाण तथा आवश्यक प्रक्रिया पूरा गरी फेला परेको सामान सम्बन्धित धनीलाई जिम्मा लगाएको जनाएको छ।

प्रहरीले हराएको सामान फेला पारेर धनीलाई जिम्मा लगाउनुका साथै नागरिकहरूको सुरक्षामा सदैव तत्पर रहेको बताएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *