पाँच किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ

काठमाडौं ,२१ कार्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमानमा शारजाहबाट काठमाडौँ आएका एक जना चिनियाँ र दुई जना म्यान्माका नागरिकलाई मङ्गलबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । अभियुक्तहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखेर […]

पुरा पढ़नुश

स्विङ स्टेटमा अग्रतासँगै ट्रम्प राष्ट्रपतिमा जित उन्मुख

काठमाडौँ ,२१ कार्तिक । अमेरिकी राष्ट्रपति चुनावको नतिजा आउने क्रम जारी छ । पछिल्लो अपडेटमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसभन्दा अगाडि रहेका छन् । यसैबीच पार्टीतर्फ झुकेका अधिकांश राज्यमा खासै परिवर्तन नदेखिए पनि स्विङ स्टेट अर्थात् उम्मेदवार हेरेर समर्थन परिवर्तन गर्ने राज्यमा भने प्रतिस्पर्धा निकै रोचक बनेको छ । अहिलेको प्रवृत्तिका […]

पुरा पढ़नुश

राजस्व संकलनमा थप मेहनत गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं,२० कार्तिक  । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा थप मेहनत गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुको बैठकमा अर्थमन्त्री पौडेलले औषत भन्दा माथि उठेर काम गर्न र  मातहतका कर्मचारीहरुलाई काममा लगाउन निर्देशन दिएका हुन् । सामान्य अवस्थाको कामले नतिजा पनि सामान्य आउने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले गत सालको […]

पुरा पढ़नुश

दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर

काठमाडौँ,२० कार्तिक  । सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले उनलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको छ । उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला […]

पुरा पढ़नुश

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ ,२० कार्तिक । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ । कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप समय दिएको हो । मंगलबारसहित लामिछानेलाई तेस्रो पटक म्याद थप गरिएको छ । यसअघि सुरुमा ६ दिन, त्यसपछि ७ दिन म्याद थपिएको […]

पुरा पढ़नुश

पर्सामा ई-रिक्सामा छुटेको नगद र गहना सम्बन्धित धनीलाई फिर्ता।

बिरगंज ,२० कार्तिक। जिल्ला प्रहरी कार्यालय पर्साले ई-रिक्सामा छुटेको नगद र गहना सम्बन्धित धनीलाई फिर्ता गरेको छ। कार्तिक १६ गते दिउँसो १:०० बजे बसपार्कबाट मितेरी पुलतर्फ जाने क्रममा भारतको पश्चिमी चम्पारण जिल्लाका २० वर्षीय जुगेश कुमारको रातो झोलामा नेपाली रुपैयाँ ५० हजार  र बिहार, मोतिहारी झाझरा गाउँकी ३५ वर्षीया सिता देवी रौनियारको लेडिज ब्यागमा सुनको […]

पुरा पढ़नुश

पर्साको पटेर्वा सुगौलीमा ५०० बोट गाँजा फडानी र नष्ट

  बिरगंज ,२० कार्तिक । पर्साको पटेर्वा सुगौलीमा ५०० बोट गाँजा फडानी गरि नष्ट गरिएको छ। कार्तिक २० गते साँझ ४:०० बजे इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र प्रहरी चौकी रंगपुरको संयुक्त टोलीले पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–२ चापी गाउँस्थित गादीखोला साझेदारी वन क्षेत्रमा अवैध रूपमा लगाइएको लागुऔषध गाँजाको खेती फडानी गरी नष्ट गरेको छ। […]

पुरा पढ़नुश

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार महिला कम्बोडियाबाट पक्राउ

काठमाडौं,२० कार्तिक  । वैदेशिक रोजगारी ठगी लगायत मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सिन्धुपाल्चोक मान्खा ठेगाना भएकी बिनु शाक्य पक्राउ परेकी छिन् । कम्बोडियाको समन्वयमा पक्राउ परेकी उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ आइतबार नेपाल फिर्ता ल्याइएको छ । वैदेशिक रोजगारीमा सिंगापुर पठाईदिन्छु भनि ४० जना भन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख […]

पुरा पढ़नुश

सर्लाहीमा कार अनियन्त्रित भई पोखरी खस्दा दुई जना बेपत्ता

सर्लाही ,२० कार्तिक । सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा आज विहान डुबेको छ । कारमा रहेका गौशाला नगरपालिका–१० का अन्दाजी ३७–३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीका अनुसार […]

पुरा पढ़नुश

अर्घाखाँचीमा देउसी खेलिरहेको समूहलाई बसको ठक्कर, दुई जनाको मृत्यु

बुटवल ,२० कार्तिक । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा देउसीभैलो खेलिरहेको स्थानमा बसले ठक्कर दिदा २ जनाको मृत्यु भएको छ भने कम्तिमा २० जना घाइते भएका छन् । देउसीभैलो खेलिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ठक्करबाट दुई जानको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिकाको वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा […]

पुरा पढ़नुश