रौतहटमा चोरीको मोटरसाईकल सहित २ जना युवक पक्राउ

रौतहट ,२५ साउन। रौतहट स्थित चोरीको मोटरसाईकल सहीत २ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।   पक्राउ पर्नेमा स्थानिय बौद्धीमाई नगरपालिका ५ का वर्ष २० को भगत भन्ने अभिषेक यादव र वर्ष २१ को मुकेश कुमार राम रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छिन्। चोरीको मोटरसाईकल सहित पक्राउ परेका दुवैजना जिल्ला प्रहरी कार्यालय […]

पुरा पढ़नुश

हसिनाकी छोरी भन्छिन्- दु:खद घडीमा आमालाई अंगालो हाल्न पनि सकिन

काठमाडौँ,२४ साउन  । बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरीले देशमा चर्को उथलपुथलका बीच पदबाट हटाइएपछि आफ्नी आमालाई भेट्न नपाएको पीडा व्यक्त गरेकी छिन् । हसिनाकी छोरी साइमा वाजेदले सामाजिक सञ्जालमा पोष्ट गर्दै यस दुःखद घडीमा आफ्नी आमालाई अँगालो हाल्न पनि नसकेको उल्लेख गरेकी हुन् । शेख हसिनाकी छोरी साइमा वाजेदले सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै […]

पुरा पढ़नुश

श्रीलंकाका स्पिनरलाई म्याच फिक्सिङको आरोप

काठमाडौँ ,२४ साउन । श्रीलंकाका स्पिनर प्रवीन जयाविक्रमालाई म्याच फिक्सिङको आरोप लागेको छ । आइसीसीले अन्तर्राष्ट्रिय खेल र २०२१ मा श्रीलंका प्रिमियर लिगका क्रममा म्याच फिक्सिङको छानबिनको क्रममा सहयोग नगरेको भन्दै कारवाही गर्ने जनाएको छ । उनले म्याच फिक्सिङसँग छानबिनका क्रममा उनले म्यासेज डिलेट गरेको पाइएको र आइसीसीको एन्टी करप्सन युनिटसँग रिपोर्ट नगरेको बताइएको छ […]

पुरा पढ़नुश

रौतहटमा नक्कली प्रहरी पक्राउ

रौतहट,२४ साउन  । सादापोशाक अर्थात घुमुवा प्रहरीको करामातले बदनाम रौतहटको चन्दरनिगाहपुरमा एकजना नक्कली घुमुवा प्रहरी पक्राउ परेको प्रहरीले आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा स्थानिय माधव नारायण नगरपालिका १ का रामबली साहको छोरा २४ बर्षीय रमेश साह रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् । उनलाई सार्बजनिक मुद्धा अन्तर्गत अभद्र ब्यवहार मुद्दा […]

पुरा पढ़नुश

६ किलो २४ ग्राम कोकिनसहित एक जना पक्राउ

काठमाडौं,२४ साउन  । अवैध लागूऔषध कोकिन ६ किलो २४ ग्राम सहित लात्भिजास नागरिक आइभार्स भल्टर्सलाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको उडानद्वारा नेपाल आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको आगमन कक्षको वाक थ्रु गेटमा तलासी गर्दा निजको साथमा रहेको सुटकेशभित्र लुकाई छिपाई राखेको उक्त परिमाणको कोकिन फेला पारी […]

पुरा पढ़नुश

बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित तीन जना पक्राउ

काठमाडौं ,२४ साउन । अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२२ घर भएका ४६ वर्षीय महेश मान महर्जन, टोखा नगरपालिका-१० घर भएका ४९ वर्षीय मानव आचार्य र काठमाडौं महानगरपालिका-१४ घर भएका ३० वर्षीय दिपेश भुषाल रहेका छन् । थाई एयरवेजको […]

पुरा पढ़नुश

जापानमा ७.१ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

काठमाडौँ,२४ साउन  । जापानमा ७.१ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दु जापानको क्युसु सहरको जमिनबाट करिब ८.८ किलोमिटर तल रहेको जापान टाइम्सले उल्लेख गरेको छ । बिहीबार दिउँसो दक्षिणी क्युसुमा गएको भूकम्पपछि क्युशुको पूर्वी र दक्षिणी तट र शिकोकुको दक्षिणी तटमा सुनामीको चेतावनी दिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । भूकम्पको क्षति […]

पुरा पढ़नुश

लागु औषध गाँजा सहित दुई जना पक्राउ ।

रसीद आलम ,बिरगंज ,२४ साउन । पर्सा प्रहरीले ५ केजी लागू औषध गाँजा सहित दुई जनालाई  पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पर्सागढी न.पा.वडा नं.७ बस्ने वर्ष ३३ को बालेश्वर प्रसाद यादव र सोही बस्ने वर्ष ५५ को देबेन्द्र यादव रहेको प्रहरीले जनाएको छ। विशेष सूचनाको आधारमा साउन २२ गते पर्साको सखुवाप्रसौनी गा.पा. वडा नं. ५ […]

पुरा पढ़नुश

श्रीलंकासँग भारतको लज्जास्पद हार, सिरिजमा श्रीलंका २-० ले विजयी

काठमाडौँ,२४ साउन  । श्रीलंकाले भारतसँगको जारी एकदिवसी सिरिज जितेको छ । बुधबार सम्पन्न सिरिजको तेस्रो खेलमा भारतलाई ११० रनको फराकिलो अन्तरले पराजित गर्दै श्रीलंकाले सिरिज २-० ले जितेको हो । यस खेलमा श्रीलंकाले दिएको २४९ रनको लक्ष्य पछाएको भारतले २६.१ ओभरमा अल आउट हुदै १३८ रन मात्र बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले […]

पुरा पढ़नुश

बंगलादेशका जनतालाई संयमताको आह्वान गर्दै नेपालले लोकतान्त्रिक प्रक्रियामा फर्किनुपर्नेमा दियो जोड

काठमाडौँ,२४ साउन  । नेपाल सरकारले बंगलादेशका जनतालाई शान्त र संयम रहन अपिल गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै बंगलादेशका जनतालाई शान्त र संयम रहन अपिल गर्दै व्यवस्थित रुपमा लोकतान्त्रिक प्रक्रियामा फर्किनुपर्नेमा जोड दिएको छ । परराष्ट्रले बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको जनाउदै बंगलादेशमा विगत केही सातादेखि भएको विरोध प्रदर्शनका […]

पुरा पढ़नुश