ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि

काठमाडौँ ,१३ साउन । देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) का अनुसार हालसम्म ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको हो । ललितपुरमा इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको हो, जुन ढलबाट मिसिएको हुनसक्ने बताइएको छ । हैजा सङ्क्रमण भएको […]

पुरा पढ़नुश

पेरिस ओलम्पिक: पहिलो खेलमा हारे प्रिन्स दाहाल

काठमाडौं,१३ साउन  । जारी पेरिस ओलम्पिकमा नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल समूहचरणको पहिलो खेलमा पराजित भएका छन् । शनिबार राति सम्पन्न पहिलो खेलमा प्रिन्स डिफेन्डिङ च्याम्पियन भिक्टर एक्सल्सनसँग लगातार दुई सेटमा पराजित भएका हुन् ।  भिक्टरले पहिलो सेट २१-८ ले जितेका थिए भने दोस्रो सेट २१-६ ले जितेका थिए । समूह ‘पी’ मा रहेका प्रिन्सको […]

पुरा पढ़नुश

प्रतिनिधि सभाको वैठक आज बस्दै

काठमाडौँ ,१३ साउन । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघि संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । आज सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गत विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ भने शिक्षामन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पति भएको शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय […]

पुरा पढ़नुश

बेचन झालाई पक्राउ गर्ने डिआइजी केसीको सरूवा

काठमाडौँ,१३ साउन  । गृहमन्त्री रमेश लेखकले प्रहरी नायब महानिरीक्षक (डिआइजी) मनोज केसीलाई सरूवा गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेका फरार रहेका बेचन झालाई पक्राउ गर्ने केसीको गत बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट सरुवा गरिएको हो । उनलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज पठाइएको छ भने प्रतिष्ठानमा रहेका डिआइजी राजन अधिकारीलाई ब्युरोमा पठाइएको छ । […]

पुरा पढ़नुश

सुरक्षाकर्मीले जोगाउने प्रयास गर्दैगर्दा महाकालीमा हाम फालेर १७ वर्षीया किशोरी बेपत्ता

धनगढी,१३ साउन  । महाकाली नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन्। शनिबार बेलुका दार्चुलाको महाकाली नगरपालिका–४ रिङ्ने ताल क्षेत्रस्थित महाकाली नदीमा किशोरी हाम फालेकी हुन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार १७ वर्षीया धनिशा कुँवर महाकालीमा बेपत्तामा भएकी छन् । दिदीको घरमा बस्दै आएकी किशोरी महाकालीमा हाम फालेको भिडियो सार्वजनिक भएको छ । महाकालीको […]

पुरा पढ़नुश

सिमलताल दुर्घटना: बस खोज्न प्रयोग गरिएको १९ किलोको चुम्बक त्रिशुलीमा हरायो

चितवन ,१२ साउन । सिमलतालस्थित त्रिशुली नदीमा हराइरहेका दुई बसको खोजी कार्यमा प्रयोग गरिएको ठूलो चुम्बक नदीमा हराएको छ । भारतीय उद्दार टोलीले घटनास्थलमा शनिबार दिउँसो बस खोजी गर्नेक्रममा १९ किलोको चुम्बक नै पानीले बगाएको हो । भारतीय टोलीले शनिबार १९ केजी र १४ केजीको दुई वटा चुम्बक प्रयोग गरेर खोजी गरेको थियो । असार […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी सुरक्षा वेश पोखरियाद्वारा भारी मात्रामा चरेससहित एक भारतीय नागरिक पक्राउ।

रसीद आलम ,बिरगंज ,१२ साउन । मोटरसाइकलको ट्यान्किमा फल्स बट्न बनाई लुकाई छिपाई भारततर्फ लगिरहेको अवस्थामा १२ केजी लागू औषध चरेस सहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी पर्सा सुरक्षा वेश पोखरियाले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हे.क्वा. पर्सा मातहत सुरक्षा वेश पोखरियाका सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रम मणि अधिकारीको कमाण्डमा […]

पुरा पढ़नुश

रौतहटमा ४७४ एचआईभी संक्रमित

रौतहट,१२ साउन  । पछिल्लो समय भारतीय सहरहरू बाट सर्दैगर्दा रौतहटमा एचआइभी एडस संक्रमितको संख्या बढ्दै गएको पाइएको छ । गत आर्थिक वर्षमा जिल्लाको १८ स्थानीय तहमा कुल संक्रमितको संख्या ४७४ पुगेको हो । त्यस अघिको आर्थिक बर्ष २०७९।०८० मा  एचआइभी एडस संक्रमितको संख्या मात्र ३३२ रहेको थियो। एक बर्षको अवधिमा जिल्लाभरीमा १४२ जना एचआइभी एडस […]

पुरा पढ़नुश

सन्दीपविरुद्ध मुद्धा अगाडी नबढाउन गौशाला- २६ को निवेदन

काठमाडौँ,१२ साउन  । गौशाला-२६ ले सन्दीप लामिछानेविरुद्ध मुद्धा अगाडी नबढाउन निवेदन दिएकी छन् । गौशाला-२६ ले सरकारी वकिलको कार्यालयमा आफैले निवेदन लेखेर सन्दीपविरुद्ध मुद्धा अगाडी नबढाउन निवेदन दिएकी हुन् । गौशाला-२६ ले आफुलाई मानसिक रुपमा अप्ठ्यारो परेको भन्दै अब यस मुद्धामा लागिरहन नसक्ने निष्कर्षमा पुगेको निवेदनमा उल्लेख गरेकी छन् । उनले आफुलाई अहिले पनि धम्की […]

पुरा पढ़नुश

अवैध रूपमा क्ल बाइपास गर्ने दुई जना पक्राउ

काठमाडौं ,१२ साउन । अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास (भिओआइपी) संचालन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका-५ घर भई काठमाडौं बनस्थली बस्ने ४० वर्षीय भुपेन्द्र श्रेष्ठ र झापा गौरीगंज गाउँपालिका-४ घर भई काठमाडौं कपन बस्ने २४ वर्षीय खुम प्रसाद गिरी रहेका छन् । नेपाल सरकारको कुनै […]

पुरा पढ़नुश