देउवाले बोलाए विपक्षी दलको बैठक

काठमाडौं,१८ असार  । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दलको बैठक बोलाएका हुन् । मंगलबार साँझ देउवा निवास बूढानीलकण्ठमा बस्ने गरि देउवाले बैठक बोलाएका छन् । कांगेसले राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दललाई बैठकमा बोलाएको बताइएको […]

पुरा पढ़नुश

काँग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय

काठमाडौं ,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काँग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले काँग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनले नयाँ सरकार गठनको प्रक्रिया शुरु भएपछि आफुहरुले सरकारबाट राजीनामा दिने बताए । रास्वपाबाट हाल पार्टी सभापति रवि लामिछाने […]

पुरा पढ़नुश

एमाले अध्यक्ष ओली बालुवाटारमा,मार्गप्रशस्त गर्न प्रचण्डलाई ओलीको आग्रह

काठमाडौँ ,१८ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । कांग्रेससँग गएराती राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति गरेपछि ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न बालुवाटार पुगेका हुन् । उनले प्रधानमन्त्री प्रचण्डलाई कांग्रेससँग भएको सहमतिको जानकारी गराउदै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्ने बुझिएको छ । कांग्रेससँगको सहमति […]

पुरा पढ़नुश

राजनीतिक स्थायित्वका लागि कांग्रेससँग सहमति गर्यौं- महासचिव पोखरेल

काठमाडौं,१८ असार  । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनेगरी नेपाली कांग्रेससँग समझदारी भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले राजनीतिक स्थायित्वका लागि संबिधान संशोधन गर्ने र ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको बताएका हुन् । उनले लेखेका छन्- ‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन […]

पुरा पढ़नुश

राजनीतिक स्थायित्वको लागि एमालेसँग सहमति गर्यौं- कांग्रेस

काठमाडौँ,१८ असार  । नेपाली कांग्रेसले आम जनताको चासोलाई केन्द्रमा राखेर एमालेसँग सहमति भएको बताएका छन् । कांग्रेसको पधाधिकारी बैठकपछि बोल्दै प्रवक्ता डा. प्रकाश शरण महतले जनताले सरोकार राखेको राजनीतिक स्थायित्व, आर्थिक स्थिति सुधार्न र सुशासन जस्ता विषयलाई आधार बनाएर एमालेसँग  सहमति गरेको बताएका छन् । उनले संबिधान बनाएपछि अहिलेसम्मको अनुभवबाट संबिधानमा आवश्यक संशोधनका लागि राष्ट्रिय […]

पुरा पढ़नुश

बिरगंज स्थित सिद्धार्थ बैंकको भवनमा भीषण आगलागी।

बिरगंज ,१७ असार। पर्साको बिरगंज मेनरोड आदर्श नगरमा रहेको सिद्धार्थ बैंकको भवनमा भीषण  आगलागी भएको छ। सोमबार बेलुकाको ४ बजे लागेको आगो नेपाल प्रहरी,बिरगंज महानगरपालिका , बिहार पुलिस लगायतका बरुण यन्त्रद्वारा आगलागीलाई नियन्त्रण गर्न प्रयास गरिएको थियो । राती लगभग ८ बजेको समयमा स्थानीय प्रहरी ,सशस्त्र प्रहरी ,नेपाली सेना तथा महानगरका कर्मचारी लगायत स्थानीयहरुको सहयोगमा […]

पुरा पढ़नुश

शत्रुघन सिन्हा अस्पतालमा भर्ना

मुम्बई ,१७ असार  । बलिवुडका दिग्गज अभिनेता शत्रुघन सिन्हा अस्पतालमा भर्ना भएका छन् । छोरी सोनाक्षी सिन्हाको विवाहको केहि दिन पछि बुवा शत्रुघन सिन्हा अस्पताल भर्ना हुनुपरेको छ । बिहेपछि शत्रुघ्न सिन्हा आफ्नो घरको डाइनिङ रुममा लडेको बताइएको छ । चोट लागेपछि उनलाई मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएको छ । टाइम्स नाउको रिपोर्ट […]

पुरा पढ़नुश

सत्ता समीकरण फेरिने हल्ला मात्र हो- गृहमन्त्री लामिछाने

काठमाडौँ,१७ असार  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेले सत्ता समीकरण बदलिने हल्ला मात्र भएको बताएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन बाहिर प्रतिक्रिया दिदै गृहमन्त्री लामिछानेले सत्ता समीकरण फेरबदल हुन लागेको आफूलाई कुनै जानकारी नभएको बताएका हुन् । उनले भने- ‘हल्ला मात्रै हो । त्यस्तो थाहा छैन । म […]

पुरा पढ़नुश

देउवाको पदाधिकारी बैठकमा ब्रिफिङ- एमालेसँगको कुराकानी सकारात्मक छ

काठमाडौं,१७ असार  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँगको सम्बन्ध सुमधुर रहेको बताएका छन् । आफ्नै निवास बुढानिलकण्ठमा जारी कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा देउवाले गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ता बारे बिफ्रिङ गर्दै एमालेसँगको सम्बन्ध सुमधुर रहेको र अहिले नै धेरै टिप्पणी नगर्न आग्रह गरेका छन् । बैठकमा देउवाले ओलीसँग […]

पुरा पढ़नुश

ताराको जहाज हराएको अफवाह, भ्रमपूर्ण समाचारको पछि नलाग्न आग्रह

काठमाडौँ ,१७ असार । तारा एयरले आफ्नो जहाज सम्पर्कविहीन भएको भन्ने निराधार हल्ला चलाइएको बताएको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भन्ने समाचार मिडिया र सामाजिक सञ्जालमा फैलिएपछि तारा एयरले एक विज्ञप्ति जारी गर्दै कुनै जहाज नहराएको स्पष्ट गरेको छ । तारा एयरले कुनै पनि जहाज नउडेको र नहराएको जानकारी दिँदै […]

पुरा पढ़नुश