माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा

काठमाडौं, ४ मंसिर । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ। सोमबारदेखि आगामी ३० दिनसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जितेन्द्र बस्नेतले एक विज्ञप्तिमार्फत जनाएको छ। उक्त क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न […]

पुरा पढ़नुश

राशी कि नक्षत्रमा आधारित ज्याेतिष मान्य ? भन्नेमा कार्यशाला, कृष्णमुर्ति पद्दति बैज्ञानिक भएकाे दाबी

  महोत्तरी, ४ मंसिर  ।  ज्योतिषहरुले किन गलत भबिस्यबाणी गर्छन ? के फेसवुकमा लाइभ बसेर गर्ने भबिस्यबाणीमा सत्यता छ ? पछिल्लो समय राजतन्त्र र गणतन्त्रको नाममा भएका भबिस्यबाणी के हुन ? आइतबार महोत्तरीको एक होटलमा ज्योतिषीहरुको राष्ट्रिय बृहत भेलाका बिचमा  यस्ता अनेकौ प्रश्नहरु राखिए । यही क्रममा  लक्ष्मण भण्डारी जुरुक्क उठे अनि एकैपटक भने, `यी सबै प्रचारप्रसारको लागी […]

पुरा पढ़नुश

विश्वकपको उपाधि अष्ट्रेलियालाई,६ विकेटको धमाकेदार जित।

काठमाडौँ, ४ मंसिर । अस्ट्रेलियाले क्रिकेट विश्वकपको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा आयोजक भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले छैठौं पटक विश्वकपको उपाधि जितेको हो ।   भारतले दिएको २४१ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।   अस्ट्रेलियाको जितमा ट्राभिस हेडले शानदार १३७ रनको […]

पुरा पढ़नुश

टिकटक प्रतिबन्ध बिरुद्धको रिटमा आजबाट सुनवाई हुने

काठमाडौं, १ मंसिर । टिकटकमाथि लगाएको प्रतिवन्ध विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनवाई हुने भएको छ ।   बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिबक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाललगायतले दिएको रिटमा सोमवारका लागि पेशी तोकिएको थियो । जसअनुसार सो प्रतिबन्ध खुलाउन माग गर्दै दायर रिट माथी आजबाट सुनवाई हुन लागेको हो ।   हालै सरकारले […]

पुरा पढ़नुश

इजरायलले सार्बजनिक गरयो हमासले नेपालीलाई अपहरण गरेको भिडियो

काठमाडौं, ४ मंसिर । इजरायली सेनाले नेपालीलाई अपहरण गरी शिफा अस्पताल लगिएको भिडियो सार्बजनिक गरेको छ । इजरायल डिफेन्स फोर्स (आईडिएफ)ले गए राती टविटरमार्फत भिडियो सार्बजनिक गर्दै यो जानकारी दिएको हो । ‘यो नरसंहारको दिन अक्टोबर ७, २०२३ को शिफा अस्पतालको कागजात हो, जुन बिहान १०ः४२  बजे र ११ः०१ बजेको बीचमा इजरायली क्षेत्रबाट अपहरण गरिएका […]

पुरा पढ़नुश

इजरायली हमलामा गाजामा थप तीन पत्रकार मारिए, मारिने पत्रकारको संख्या ४८ पुग्यो

गाजा, ४ मंसिर  । गाजामा इजरायली हमलामा थप तीन पत्रकार मारिएका छन् ,। गाजामा एक प्रमुख मिडिया संस्थाका प्रमुख र दुई अन्य पत्रकार सप्ताहन्तमा मारिएको उनीहरूका आफन्तहरूले रोयटर्स समाचार एजेन्सीलाई बताएका छन । बितेका ६ हप्ताको लामो द्वन्द्वमा मारिएका दर्जनौं पत्रकारहरूमा थप दुईजना थपिएका छन  ।   आइतवार मात्रै बेलाल जदल्लाह, एक पत्रकार र प्रेस […]

पुरा पढ़नुश

शिक्षा मन्त्रीको कानको अप्रेसन गरिने, पाँच दिन अस्पताल बसाइ हुने

काठमाडौं, ४ मंसिर  । शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री अशोककुमार राईको कानको अप्रेसन हुने भएको छ ।   त्रिभुवन बिश्वबिद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा आज कान अप्रेसन गर्न लागिएको हो ।   मन्त्रीको सचिवालयका अनुसार सो अप्रेसनको क्रममा भिआइपी क्याबिन ६०१ मा रहने छन ।

पुरा पढ़नुश

क्रिकेटमा पराजित भएपछि शाहरूख खानले भने, ‘दिन खराब रहयो’

मुम्बइ, ४ मंसिर  । बलिउड अभिनेता शाहरूख खानले विश्वकप क्रिकेटमा भारत पराजित भए पनि टिमको प्रशंशा गरेका छन्  ।   गए राती सम्पन्न फाइनल खेलमा ६ बिकेटले अष्ट्रेलियासँग भारत पराजित भए पछि अभिनेता खानले ‘दिन खराब’ भएको पनि जनाएका छन् ।   ‘भारतीय टोलीले यो पूरै टूर्नामेंट जसरी खेलेको छ, त्यो सम्मानको कुरा हो र […]

पुरा पढ़नुश

हेटौंडामा ट्रकको ठक्करबाट महिलाको मृत्यु

हेटौंडा, ३ मंसिर । मकवानपुरको हेटौंडामा आइतबार ट्रकले ठक्कर दिँदा एक महिला पैदल यात्रीको मृत्यु भएको छ। हेटौँडा–६ चौघडामा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको प्रहरीको भनाइ छ। ट्रकको ठक्करबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६, चौघडाकी ३६ वर्षीय निरा बजगाईँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। बजागाईंलाई कान्ति लोक पथअन्तर्गत हेटौंडा-६ स्थित शान्ति टोलमा […]

पुरा पढ़नुश

बिश्वकप क्रिकेटः बिजेता टोलीले पाउनेछ ५२ करोड नगद, कस्ले कति पुरस्कार पाउँछन ?

गुजरात, ३ मंसिर । आज भारतमा क्रिकेट विश्वकपको फाइनल खेल हुदैँछ ।   भारत र अष्ट्रेलियाका बिचमा आज साँझ हुुने फाइनल खेलमा बिजेता र उपबिजेताले करोडौं रुपैयाँ प्राप्त गर्नेछन् ।   भारतमा जारी एकदिवसीय विश्वकप २०२३ अन्तिम चरणमा पुगेको छ । फाइनल खेल आइतवार अर्थात १९ नोभेम्बरमा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।   यस […]

पुरा पढ़नुश