बैंकिङ कसुरमा एमाले नेता विजयबहादुर यादव पक्राउ

काठमाडौं, १ साउन । बैंकिङ कसुरको आरोपमा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री विजयबहादुर यादव पक्राउ परेका छन् । उनलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।   बाउन्स चेक दिएको आरोपमा लुम्बिनी प्रदेशको पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्रीसमेत रहेका यादव पक्राउ परेका हुन् । गत १० माघमा रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवलाई दिएको १२ लाख […]

पुरा पढ़नुश

‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम सफ्टवयेर’ २१ जिल्लामा सञ्चालन

काठमाडौं, १ साउन । सातवटै प्रदेश मातहतका २१ वटा जिल्लाहरूमा ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम सफ्टवयेर’ साेमबारबाट सञ्चालनमा आएको छ । सवारी नियम उल्लंघन कसुरहरूको जरिवानाबापत राजश्व संकलनलाई प्रदेशगत रूपमा बैंकिङ प्रणालीमा जोड्ने योजना अनुरूप उक्त सिस्टम सञ्चालन गरिएको हो ।   उक्त सिस्टम कोशी प्रदेशअन्तर्गतका सुनसरी, मोरङ र झापा, मधेश प्रदेशअन्तर्गतका सिरहा, पर्सा र महोत्तरी, […]

पुरा पढ़नुश

गौशाला नगरपालिकाले गर्‍यो सर्वाेच्च अदालतको आदेश अवज्ञा

  महोत्तरी, १ साउन । गौशाला नगरपालिकाले अदालतको आदेश पालनामा अटेर गरेको छ । नगरसभा कार्यान्वयन नगर्न दिएको आदेशविपरित नगरले सोमबार नै नगरसभाको बन्दसत्र समापन गरेको हो । उपमेयर रेणु कुमारी महतोले १५ असारमा भएको नगरसभामाथि असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा रिट दिएकी थिइन् । उक्त रिटमाथि सुनुवाइ गर्दै २९ असारमा सर्वोच्चले नगरसभाको नीति तथा कार्यक्रमलाई […]

पुरा पढ़नुश

गौर हत्याकाण्ड : दोषीलाई कारबाही गर्न सीडीओलाई ज्ञापनपत्र, अनिश्चितकालीन रौतहट बन्दको घोषणा

काठमाडौं, १ साउन। गौर हत्याकाण्ड पीडित संघर्ष समितिले दोषीलाई कारबाहीको माग गर्दै अनिश्चितकालीन रौतहट बन्दसहितको आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएको छ । घटनापछि जाहेरी दर्ता गरेको १७ वर्षसम्म दोषीउपर कानुनी कारबाही नभएको भन्दै समितिले सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै संघर्षका कार्यक्रमबारे पनि जानकारी दिएको छ । ७ चैत २०६३ मा रौतहटको गौरस्थित राइसमिल चौरमा […]

पुरा पढ़नुश

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले बुझाइन् सम्पत्ति विवरण

काठमाडाैं, १ साउन । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले संघीय संसद सचिवालयमा सम्पत्ति विवरण बुझाएकी छन् । साेमबार उपाध्यक्ष अर्यालले सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण बुझाएकी हुन् । उनले बुझाएको सम्पत्ति विवरणको दर्ता नं. १ रहेको छ। सम्पत्ति विवरण बुझाउँदै उनले आफ्नो सम्पत्ति सार्वजनिक पनि गरेकी छन् । भ्रष्टाचार निवारण ऐन, […]

पुरा पढ़नुश

आज राप्रपाले धार्मिक यात्रा गर्ने

काठमाडौं, १ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज धार्मिक यात्रा गर्ने भएको छ ।   राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले साउने सोमबारको पहिलो दिन धार्मिक यात्रा गर्न लागेको हो ।   सो पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रका अनुसार सो धार्मिक यात्रा मैतीदेवीवाट सुरु भई पशुपतिनाथमा गएर समापन हुनेछ । जसका लागि दिउँसो १ बजे समय तोकिएको छ […]

पुरा पढ़नुश

वीरमा आज देखि बिहान ८ बजेदेखि नै ओपीडी सञ्चालन हुने

काठमाडौं, १ साउन  । वीर अस्पतालमा साउन १ गतेदेखि ओपीडी सेवा बिहान ८ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने भएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले असार २२ गते गरेको निर्णय अनुसार वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपीडी सेवा सञ्चालन गर्ने कार्यक्रम आज देखी  कार्यान्वयनमा आउन लागेको हो।   तर, न्याम्स अन्तर्गतका केही चिकित्सकले […]

पुरा पढ़नुश

गृहमन्त्री उपस्थितिमा भारतमा आज १ लाख ४४ हजार केजी लागुऔषध नष्ट गरिदैँ

नयाँ दिल्ली, १ साउन ।  केन्द्र सरकारले लागूऔषध विरुद्धको अभियान अन्तर्गत सोमबार ठूलो कदम चाल्ने भएको छ । यसअन्तर्गत देशका विभिन्न स्थानमा जम्मा १ लाख ४४ हजार केजी लागुऔषध नष्ट गरिने भएकाे छ । यस क्रममा केन्द्रीय गृहमन्त्री अमित शाह पनि उपस्थित हुनेछन्। तिनीहरू भर्चुअल माध्यम मार्फत यस कार्यक्रमको एक हिस्सा हुनेछन्। लागुऔषध नष्ट गर्ने […]

पुरा पढ़नुश

बंगलादेशको बूढीगंगा नदीमा वाटर बस पल्टिँदा चारकाे मृत्यु, कयाैं बेपत्ता

ढाका, १ साउन । बंगलादेशको ढाका नजिक बूढीगंगा नदीमा रहेको केरानीगञ्जको तेलघाट क्षेत्र नजिक पानी बस पल्टिँदा चार जनाको मृत्यु भएको छ । प्राप्त जानकारीका अनुसार आइतबार राति करिब ८ः१५ बजे ढाकाको सदरघाटबाट तेलघाटतर्फ जाँदै गरेको वाटरबस बालुवाको ढिस्कोमा ठोक्किए पछि उक्त घटना भएको हो । दमकलको तीन वटा युनिट र कोस्ट गार्डको उद्धार टोली […]

पुरा पढ़नुश

बजरंगी भाइजानको ‘मुन्नी’ भइन तरूनी, तस्विर देखेर फ्यानहरू हैरान

मुम्बइ, १ साउन । सलमान खानको फिल्म ‘बजरंगी भाईजान’को ‘मुन्नी’ याद छ ? जसलाई लिएर सलमान खान फिल्ममा पाकिस्तान जान्छन् । आफ्नो आकर्षक अभिनयले सबैको मन जित्ने को हो ?  हो, हामी हर्षाली मल्होत्राको कुरा गर्दैछौं। त्यतिबेला उनी पहिलो कक्षामा थिइन् । अहिले उनी हुर्किसकेकी छिन् ।   हालै हर्षाली मल्होत्रालाई कथक इन्स्टिच्युटबाट बाहिर निस्केको […]

पुरा पढ़नुश