सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलिद्धारा बिरगंजमा लागुऔषध बरामद।

रसीद आलम,वीरगंज, ३१असार । सशस्त्र प्रहरी वल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंज पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त टोलिले प्रतिवन्धित लागुऔषध विनसेरेक्स टी (Wincerex – T) १००एमएलको ७६ बोतल र एक जना मानिससहित मोटरसाईकल बरामद गरेको प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजको गुल्मपति डिएसपी रामजङ्ग पाण्डेले जनाएका छन्। डिएसपी पाण्डेका अनुसार बिरगंज महानगरपालिका १६ […]

पुरा पढ़नुश

५६ लाख भन्दा बढीका लत्ताकपडाहरु लोड रहेको ट्रक बिरगंजमा पक्राउ ।

रसीद आलम,बिरगंज ,३१,असार । बिरगंजमा बिल बिजक भन्दा बढी लत्ताकपडाहरु,औषधी तथा खुद्रा सामानहरु बोकेको माल बाहक ट्रक पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ । वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले शुक्रबार साझ ७ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.२५आईसिपि गेट स्थित सडकखण्डबाट ना.८ ख ३९७८ नम्बरको मालवाहक […]

पुरा पढ़नुश

त्रिभुवन विमानस्थलबाट अवैध सुन र डाईमन्डसहित एकजना पक्राउ

काठमाडौं, ३१ असार । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको ७ सय ७० ग्राम सुन र डाईमन्ड सि‌+ ५४ ग्राम ७५ मिलिग्रामसहित नेपाली मुलका अष्ट्रेलियन नागरिक ५५ वर्षीया अभया विश्‍वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।   मलेसियन एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट मलेसिया हुँदै अष्ट्रेलिया जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान […]

पुरा पढ़नुश

राष्ट्रपति पौडेलद्वाारा बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं, ३१ असार । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रमाणीकरण गरेका छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित गरेर सभामुख देवराज घिमिले प्रमाणित गरेर पठाएको विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार विनियोजन […]

पुरा पढ़नुश

बालुवाटार जग्गा प्रकरण : पक्राउ परेका १७ जनालाई थप ५ दिन थुनामा राख्न अनुमति

काठमाडौं, ३१ असार । बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास हिनामिना प्रकरणमा पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको छ ।   जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।   आइतबार न्यायाधीश दयाराम ढकालको इजलासले सञ्चार सचिव कृष्णबहादुर राउत, […]

पुरा पढ़नुश

आमिर खानकी छोरी डिप्रेसनमा

मुम्बइ, ३१ असार । आमिर खानकी छोरी इरा खानले हालै डिप्रेशनको बारेमा कुरा गरेकी छिन् ।   इराले एक अन्तर्वार्तामा आफू पाँच वर्षभन्दा बढी समयदेखि डिप्रेसनसँग लडिरहेको बताइन् । आमाबुवाको सम्बन्धविच्छेदले आफूलाई त्यति असर नगरेको बताइन् तर करिब डेढ वर्षसम्म निकै दुःखी रहेकी थिइन्, त्यति मात्र होइन, खानपानसमेत छाडि दिइन् । इराले आफू मात्र नभएर […]

पुरा पढ़नुश

परराष्ट्र मन्त्री आज बैकक जाँदै

काठमाडौं, ३१ असार । परराष्ट्रमन्त्री एनपी साउद आज थाइल्याण्ड प्रस्थान गर्दैछन् । बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी हुनका लागि मन्त्री साउदको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल आज बैंककतर्फ प्रस्थान गर्न लागेको हो।   जसअनुसार आइतबार दिउँसो साढे १ बजे उनी थाई स्माइल एयरवेजमार्फत बैंकक प्रस्थान गर्नेछन भने परराष्ट्र मन्त्री साउँदको सचिवालयका अनुसार उनी साउन २ गते स्वदेश […]

पुरा पढ़नुश

फ्रान्सेली राष्ट्रपतिलाई पठाईएको पार्सलमा काटिएका औंला फेला, प्रहरी जाँच सुरु

पेरिस, ३१ असार । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको आधिकारिक निवासमा काटिएका मानव औंलाहरू भएको पार्सल प्राप्त भएको छ ।   सीएनएनले पेरिसको अभियोजकको कार्यालयलाई उद्धृत गर्दै यसको पुष्टि गरेको छ। यस विषयमा प्रहरीले अनुसन्धान सुरुसमेत गरेको छ । पेरिस अभियोजकको कार्यालयले सीएनएनलाई भन्यो, ‘औँलाको टुक्रा, यो औंलाको टुप्पो जस्तो देखिन्छ, जाे एलिसी दरबारमा पार्सल गरिएको […]

पुरा पढ़नुश

खानामा विष मिसाउने चिनियाँ महिला शिक्षिकालाई फाँसी

बेइजिङ, ३१ असार । चीनमा एक महिला शिक्षकलाई मृत्युदण्ड दिइएको छ ।   महिला शिक्षिकाले आफ्ना २५ विद्यार्थीलाई विष खुवाएकाे र जसमध्य  एक बालकको मृत्यु भएकाे आराेपमा उनलाइ फाँसी दिइएकाे हाे ।   साे पछि २४ बालबालिकाको अवस्था नाजुक भएको थियो । यस घटनामा दोषी ठहरिएपछि ती बालवाडी शिक्षिकालाई गत शुक्रबार फाँसी दिइएको हो । […]

पुरा पढ़नुश

जयनगर– जनकपुरको रेल्वे सेवा विस्तार, आजवाट थप १७ किमी बढी रेल कुदने

जनकपुर, ३१ असार । नेपालको एक मात्र जनकपुर–जयनगर रेल्वे सेवाले आफनो क्षेत्र  विस्तार गरेको छ ।   जसअनुसार आजदेखि उक्त रेल आफनो क्षेत्र विस्तार गर्दै महोत्तरीको भंगहासम्म चल्ने भएको छ ।   जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा संचालन हुन लागेको उक्त रेल सेवाको उदघाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गर्दैछन्। आइतवार बिहान […]

पुरा पढ़नुश