आजको मौसमः चार प्रदेशमा पानी पर्ने तर मध्य तथा पश्चिम तराइमा अत्याधिक गर्मी हुने

काठमाडौं, ३१ जेठ । हाल देशमा पश्चिमी  वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा […]

पुरा पढ़नुश

सरकारको सकारात्मक पहलले प्रतिगामी अतालिएका छन्ः प्रधानमन्त्री

  काठमाडौं, ३१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले जनताका पक्षमा लिएका सकारात्मक पहलबाट प्रतिक्रियावादी प्रतिगामी अतालिएको बताएका छन् ।   प्रेस सेन्टर नेपालको ज्ञापनपत्र ग्रहण गर्दै उनले भने, ‘जनतालाई प्रत्यक्ष सेवा दिने कुरा, विदेशमा गएका नेपालीहरुलाई सम्बोधन गर्ने कुरा, देशभित्र हिजोदेखि रहेका थुप्रै विकृति र विसंगति रोक्न भएका प्रयास, भारत भ्रमण गरिएका पहल […]

पुरा पढ़नुश

देउवा र आरजु छुट्टाछुट्टै सिंगापुरमा, एक सातासम्म उपचार हुने

काठमाडौं, ३१ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन् । स्वास्थ्य उपचारका लागि मंगलबार मध्यराति पुर्व प्रधानमन्त्री देउवा सिंगापुर पुगेका हुन् ।   श्रीमती आरजु राणा भने सोमवार नै सिंगापुर पुगेको उनका सचिवालय सदस्य भानु देउवाले जानकारी दिएका छन् । सिंगापुरमा पुर्व तयारीका लागि श्रीमती देउवा भने पहिला नै […]

पुरा पढ़नुश

राहुल गान्धीकाे अमेरिकामा ट्रक यात्रा, वासिङ्टनवाट ट्रक मै न्युयोर्क पुगे

न्युर्योक । चण्डीगढ पछि राहुल गान्धीले अमेरिकामा पनि ट्रकमा यात्रा गरेका छन् ।   राहुलले वासिङ्टनदेखि न्युयोर्कसम्म १९० किलोमिटर ट्रकमा यात्रा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।   उनले आफनो यो यात्राको भिडियो टविटरलगायत सामाजिक सञ्जालमा शेयरसमेत गरेका छन् ।   यस क्रममा राहुलले भारतीय मूलका ट्रक चालक ताजिन्द्र सिंहलाई उनको आम्दानीबारे सोधेका थिए, जुन […]

पुरा पढ़नुश

सुनवाई समितिमा न्यायधिस कार्कीका उजुरीकर्तासँग छलफल हुने

काठमाडौं, ३१ जेठ । आज संसदीय सुनवाई समितिको बैठक बस्दैछ ।   सर्वोच्च अदालतका प्रधानन्यायधिसमा सिफारिस हरिकृष्ण कार्की बिरुद्ध उजुरी दिएका उजुरीकर्ताहरुसँग छलफल गर्नका लागि उक्त बैठक बस्न लागेको हो ।   संघीय संसद सचिवालयका उपसचिव बिमला घिमिरेका अनुार बैठक ११ बजे, सिंहदरवारमा बस्नेछ  ।   सर्वोच्च अदालतका न्यायधिस कार्कीलाई संबैधानिक परिषदले प्रधानन्यायधिसका लागि सिफारिस […]

पुरा पढ़नुश

कालिमाटीमा सबैभन्दा सस्ताे गाेलभेडा, ७ रूपैयाँ मै पाइने

काठमाडौ,  ३१ जेष्ठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजकाे मूल्य सार्बजनिक गरेकाे छ ।   जसअनुसार कालीमाटीमा प्रतिकेजी ६ रुपैयाँ ४० पैसादेखि ५५० रुपैयाँसम्मका फलफूल र तरकारी पाइने भएको छ । मूल्यसूची अनुसार आज सानो गोलभेडा (लोकल)को मूल्य सबैभन्दा सस्तो ६ रुपैयाँ ४० पैसा तोकिएको छ भने किवि सबैभन्दा महङ्गो प्रतिकेजी ६५० रुपैयाँ पुगेको […]

पुरा पढ़नुश

बिपरोजय तुफानले गुजरातमा ६ को मृत्यु, ३७ हजार सुरक्षित स्थानमा

गुजरात, ३१ जेठ । चक्रवात विपरजोय आँधीका कारण गुजरातमा ६ जनाको मृत्यु भएको छ ।   हिजो देखी सुरु भएको बिपरजोय तुफानका कारण ३७ हजार भन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ ।   तुफानको खतरा दिनानुदिन बढ्दै गएकोले गुजरात राज्य सरकारले जनतालाई सुरक्षित राख्न हरसम्भव प्रयास गरिरहेको जनाएको छ । जसअनुसार मंगलबारसम्म ८ जिल्लाका ३७ हजारभन्दा […]

पुरा पढ़नुश

राष्ट्रपति पौडेल भए डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य

काठमाडौं, ३१ जेठ । राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन  । मुटुमा समस्या देखा परे पछि हिजो मंगलवार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज भएका हुन । अस्पतालले बुधबार जारी गरेको बिज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।   हिजो बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा उनी अस्पताल पुगेका थिए […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बल नेपाल बाराद्वारा स्रोत नखुलेको १५ लाख सहीत एक जना व्यक्ति पक्राउ।

रसीद आलम, बारा,३० जेठ । सशस्त्र प्रहरी बल नेपाल बाराद्वारा स्रोत नखुलेको १५ लाख सहीत एक जना व्यक्तिलाई मंगलवार पक्राउ गरेको जनाएको छ। जिल्ला बारा विश्रामपुर गा.पा.-१ खेखरिया नाकामा सशस्त्र प्रहरी बल नेपाल नं १२ गण हेक्वा बारा मातहत विओपी बरैनियाको टोलीले विषेश सुचनाको आधारमा चेकजांच गर्दा नेपाल तर्फ आउदै गरेको BR05Y2624 नम्बरको भारतिय मोटरसाइकलमा […]

पुरा पढ़नुश

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको कमान्डमा भारी मात्रामा लागु औषध पक्राउ ।

रसीद आलम, बिरगंज ,३० जेठ । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र प्रहरी चौकी रंगपुरटाडीको सन्युक्त कमान्डमा भारी मात्रामा अबैध लागु औषध बरामद गरेको प्रहरीले जनाएको छ। पर्सा प्रहरीका अनुसार मंगलवार राति ३:०० बजेको समयमा जिल्ला पर्सा पटेर्वासुगौली गा.पा. वडा न. ५ स्थित डेउरी र सुगौली बिचको खाली खेतमा लागू औषध गाँजा बोकी आईरहेको सुचनाको […]

पुरा पढ़नुश