नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीले बोलाए बालुवाटार

काठमाडौं, ३ चैत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट खेलाडीलाई बधाई दिन बालुवाटार बोलाएका छन्। शुक्रबार बिहान ९ बजे प्रधानमन्त्री निवासमा खेलाडीलाई बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ। बिहीबार त्रिवि खेल मैदानमा प्रधानमन्त्री दाहाल आफैं उपस्थित भएर खेलाडीलाई हौसला प्रदान गरेका थिए। विश्व क्रिकेट लिग–२ मा बिहीबार यूएईलाई हराउँदै नेपाल विश्वकप […]

पुरा पढ़नुश

उपराष्ट्रपति निर्वाचन आज:निर्वाचन आयोग

काठमाडौं, ३ चैत नयाँ उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ। मतदानका लागि बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ। उपराष्ट्रपति पदका लागि चार जना उम्मेदवार प्रतिस्पर्धामा छन्। नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादी […]

पुरा पढ़नुश

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, २ चैत । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलिय पदार्थको मूल्य घटाएर सूची पठाएको छ । हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य सूची नेपाल आयल निगमलाई पठाउने गरेको छ ।   सोही सूचीको आधारमा नेपाल आयल निगमले मूल्य समायोजन गर्ने गरेको छ । आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । […]

पुरा पढ़नुश

क्षमता विकासका कार्यक्रम अभियानको रुपमा अगाडि बढाउन मन्त्री मोदीको अग्रसरता

काठमाडौं ,चैत २। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले समावेशीकरणसँगै क्षमता विकासका कार्यक्रमलाई अगाडि बढाउनका लागि अग्रसरता लिएका छन् । निजामती सेवा लगायतका सार्वजनिक सेवा प्रवेशका लागि प्रतिस्पधार्मक क्षमता वृद्धि गर्न लोकसेवा आयोग तयारी कक्षा लगायत क्षमता विकासका कार्यक्रम अगाडि बढाउन मन्त्री मोदीले मंगलबार मन्त्रीस्तरीय निर्णय गरेका हुन् । मन्त्री मोदीको निर्णय अनुसार क्षमता […]

पुरा पढ़नुश

त्रिचन्द्रमा चैत ९ गतेमात्रै स्ववियु चुनाव हुने

काठमाडौं, २ चैत त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सरेको छ । विद्यार्थी भर्नालगायत विद्यार्थी संगठनहरूको विवादका कारण निर्वाचन तालिका प्रभावित भएपछि क्याम्पसले चैत ९ गते चुनावका लागि चुनावको नयाँ मिति सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार मतदाता नामावली चैत ३ गते प्रकाशन हुनेछ । त्यसउपर दावी विरोधका लागि चैत ४ गतेको समय दिइएको छ […]

पुरा पढ़नुश

प्रतिबन्धित लागु औषध सहित पर्साबाट ६ जना ब्यक्तिहरु पक्राउ

रसीद आलम।पर्सा,चैत २।पर्सा जिल्लाको विभिन्न ठाउँबाट लागु औषधमा संगलन ६ जना मानिसहरुलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका-३१ मिलनचोकबाट अवैध लागुऔषध गाँजा २७ केजीसहित सोही महानगरपालिका-३२ टेढा बस्ने वर्ष ५४ वर्षीय रमतुल्ला मिया सहित ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मिलनचौकबाट खटिएको प्रहरीले जितपुरबाट मनवातर्फ जाँदै गरेको ना.२ […]

पुरा पढ़नुश

मकवानपुरको मनहरीमा बस दुर्घटना : १४ घाइते, तीनको अवस्था गम्भीर

मकवानपुर, २ चैत मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिकामा बस दुर्घटना भएको छ । दुर्घटनामा परी १४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था जटिल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार घाइते सबैलाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाइएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत मनहरी–६, नयाँ बस्तीमा चितवनबाट हेटौंडातर्फ आउँदै […]

पुरा पढ़नुश

विश्वकप छनोटमा पुगेकोमा क्रिकेट टिमलाई प्रधानमन्त्रीको बधाई

काठमाडौं, २ चैत आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले यूएईलाई हराउँदै विश्वकप छनोटमा पुगेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट टिमलाई बधाई दिएका छन् । ‘आईसीसी क्रिकेट विश्वकप लिग-२ मा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा हार्दिक खुसी व्यक्त गर्दछु । लिगका खेलहरूमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान […]

पुरा पढ़नुश

लागुऔषधसहित १४ जना पक्राउ

काठमाडाैं, २ चैत । देशका विभिन्‍न स्थानबाट १४ जना लागुऔषधसहित पक्राउ परेका छन् । सिन्धुलीकाे हरिहरपुरगढी गाउँपालिका-७ भुताहा र काभ्रेको सिमानाबाट अवैध लागूऔषध गाँजा करिब ७६ केजी ५ सय ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा सर्लाही हरिवन नगरपालिका-२ बस्ने २३ वर्षीय प्रलात कुमार थोकर र सोही नगरपालिका-८ बस्ने ३३ वर्षीय देउकुमार स्याङ्तान रहेका […]

पुरा पढ़नुश

दुधौलीमा डिजिटल प्रणालीबाटै जग्गा नापीको काम

काठमाडौं, २ चैत । सिन्धुलीको दुधौली नगरपालिकाले जग्गाको नापीको काम डिजिटल प्रणालीबाट सुरु गरेको छ । नगरपालिकाले डिजिटल प्रणालीको प्रयोग गरेर नापीको काम थालिसकेको भूमि आयोग सिन्धुलीकी सदस्य इन्दिरा निरौलाले जानकारी दिइन् । उनका अनुसार भूमि आयोगको समन्वयमा नगरपालिकाले अव्यवस्थित र भूमिहीन दलित सुकुम्बासीहरुलाई लालपुर्जा दिने काम गरिहरेको छ ।  अहिले नगर क्षेत्रमा २ वटा मेसिनमार्फत […]

पुरा पढ़नुश