प्रतिबन्धित लागु औषध सहित पर्साबाट ६ जना ब्यक्तिहरु पक्राउ

समाचार

रसीद आलम।पर्सा,चैत २।पर्सा जिल्लाको विभिन्न ठाउँबाट लागु औषधमा संगलन ६ जना मानिसहरुलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका-३१ मिलनचोकबाट अवैध लागुऔषध गाँजा २७ केजीसहित सोही महानगरपालिका-३२ टेढा बस्ने वर्ष ५४ वर्षीय रमतुल्ला मिया सहित ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मिलनचौकबाट खटिएको प्रहरीले जितपुरबाट मनवातर्फ जाँदै गरेको ना.२ ह ३०८९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।


पक्राउ पर्नेहरूमा चितवन राप्ती न.पा.वडा नं.१२ वाकराङ बस्ने वर्ष २६ को सायमुल प्रजा ,चितवन राप्ती न.पा.वडा नं.१२ वाकराङ बस्ने वर्ष २५ को मरकुश प्रजा,चितवन राप्ती न.पा.वडा नं.१२ वाकराङ बस्ने वर्ष २१ को रामबिलास प्रजा रहेका छन् ।


यसैगरी पर्साको पटेर्वासुगौली गाउँपालिका-३ सोनवर्सा बस्ने ३८ वर्षीय जैनुल होदाको घरबाट अवैध लागुऔषध गाँजा २९ किलोग्रामसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जैनुल होदा र मकवानपुर लाउती गाउँपालिका-३ बस्ने ५० वर्षीय रामजी थिङ रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी उपरीक्षक कोमल शाहको कमान्डमा खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

उक्त सम्बन्धमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरी प्रवक्ता दिपक गिरिले जानकारी गराएका छन ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *