मूल्यवृद्धिविरुद्ध नेमकिपामा प्रदर्शन

भक्तपुर, २ चैत । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) निकटको नेपाल क्रान्तिकारी किसान संघले मूल्यवृद्धिविरुद्ध प्रदर्शनमा उत्रिने भएकाे छ । रासायनिक मलमा गरिएको मूल्यवृद्धिविरुद्ध बिहीबार अपरान्ह काठमाडाैंमा प्रदर्शनमा उत्रिन लागेकाे हाे । काठमाडौंको सुन्धाराबाट निकालेकाे जुलुस रत्नपार्कमा पुगेर सभामा परिणत हुने जनाइएको छ । जुलुस सुन्धाराबाट न्युरोड, इन्द्रचोक, असन, भोटाहिटी, जमल हुँंदै रत्नपार्कमा पुगेर सभामा परिणत हुने पार्टीले जनाएको छ […]

पुरा पढ़नुश

लागुऔषध र नक्कली नोटसहित दुईजना पक्राउ

झापा, २ चैत ।बिर्तामोड नगरपालिका-४ मेघाबारी बस्ने २४ वर्षीय सुवास ताजपुरीया र उनकै भाई १९ वर्षीय प्रविण ताजपुरीयालाई अवैध लागुऔषध र नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी विर्ताबजारबाट खटिएको प्रहरीले सुवास ताजपुरीयाको घर तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ९० मिलिग्राम, नियन्त्रित […]

पुरा पढ़नुश

मौनअवधि सुरु भएकाले उपराष्ट्रपतिबारे बैठक बसेर निर्णय नलिनू : निर्वाचन आयोग

काठमाडौं, २ चैत  । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मौनवअवधि सुरु भइसकेकाले बैठक, छलफल गरेर निर्णय नलिन दलहरुलाई सचेत गराएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार विज्ञप्ति जारी गरेर दलहरुलाई सचेत गराएका हुन् । शुक्रबार हुने उपराष्ट्रपतिको निर्वाचनको तयारी पूरा भइसकेको जानकारी दिँदै प्रवक्ता पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन (कसुर तथा सजाय) […]

पुरा पढ़नुश

जसपाबाट समानुपातिक सांसदमा मञ्जु अन्सारीकाे नाम सिफारिस

काठमाडौं, २ चैत । जनता समाजवादी पार्टी नेपालले प्रतिनिधिसभाको समानुपातिक तर्फका सदस्यका लागि मञ्जु अन्सारीको नाम सिफारिस गरेको छ । बिहीबार बसेको जसपाको कार्यकारिणी समितिको बैठकले उनलाई प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक कोटाबाट सिफारिस गरेको हो । सहनाज रहमानको निधन भएपछि रिक्त सो पदमा सप्तरीकी अन्सारीको नाम सिफारिस गरिएको हो ।

पुरा पढ़नुश

रासायनिक मलको मूल्यवृद्धिप्रति साना किसान कृषि सहकारी संघ बाराको आपत्ति

  बारा, २ चैत । सरकारले रसायनिक मलको मूल्यमा भारी वृद्धि गरेको प्रति साना किसान कृषि सहकारी संघ बाराले आपत्ती जनाएको छ । किसानलाई दिँदै आएको सुविधा काटेर सरकारले अन्याय गरेको बारा संघले जनाएको हो । कृषि संघ बाराले किसानलाई समयमा मल समेत उपलब्ध गराउन नसकेको सरकारले यसअघि दिँदै आएको अनुदानमा समेत कैंचि लगाउँदा किसान थप […]

पुरा पढ़नुश

नेपाली क्रिकेट टिमलाई शुभकामना दिदै ओलीले भने, ‘राष्ट्र तपाईको साथमा छ’

काठमाडौं, २ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी विश्वकप लिग–२ को अन्तिम खेलका लागि नेपाली टिमलाई शुभकामना दिएका छन ।   त्रिभुवन विश्वबिद्यालयको खेल मैदानमा जारी युएई बिरुद्ध मैदानमा उत्रेको नेपाली टिमलाई एमाले अध्यक्ष ओलीले जीतको शुभकामना दिएका हुन ।   ‘मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो। ऊच्च आत्मबलका साथ नेपाललाई […]

पुरा पढ़नुश

नेपाल र यूएईबीचको क्रिकेट हेर्न प्रधानमन्त्री त्रिवि मैदानमा

काठमाडौं, २ चैत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र युएईबीचको क्रिकेट म्याच हेर्न त्रिभुवन विश्वविद्यालयको त्रिवि मैदान पुगेका छन्। विश्वकप लिग २ अन्तरगतको अन्तिम खेल त्रिवि मैदानमा सुरु भएको छ। नेपाली टिमको हौसला बढाउन प्रधानमन्त्री मैदानमै उपस्थित भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरणले बताए। त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। […]

पुरा पढ़नुश

सन्दीपलाई कीर्तिमान बनाउने मौका

काठमाडाैं, २ चैत ।  नेपाली स्पिनर सन्दीप लामिछानेलाई विश्व कीर्तिमान बनाउने मौका आएको छ।   सन् २०१८ मा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका सन्दीप लामिछानेले हालसम्म ४० खेलबाट ३९ इनिङ्स खेल्दै ९८ विकेट हात पारिसकेका छन्। यदि बिहिबार युएईविरूद्ध कम्तिमा २ विकेट लिएमा उनले सबैभन्दा कम खेल खेलेर १०० विकेट लिने कीर्तिमान बनाउनेछन्। अफगानिस्तानका […]

पुरा पढ़नुश

सत्तारुढ गठबन्धनको बैठक बस्दै, उपराष्ट्रपतिमा यादव र झा मध्ये एक जनाको नाममा सहमति गर्ने

काठमाडौं, २ चैत । सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्ने भएको छ ।   बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको  गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भए पनि आधिकारिक उम्मेदवार तोक्ने विषयमा सहमति जुटाउ नसके पछि आज पनि बस्न लागेको हो  । गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा रहेका छन् […]

पुरा पढ़नुश

अतिआवश्यक अवस्थामा बाहेक मन्त्री र कर्मचारीको विदेश भ्रमणमा रोक

काठमाडौं, १ चैत । सरकारले अतिआवश्यक अवस्थामा बाहेक मन्त्री र कर्मचारीको विदेश भ्रमणमा रोक लगाएको छ ।   मंगलबार मन्त्रिपरिषद्को बसेको बैठकको निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले अतिआवश्यक अवस्थामा बाहेक मन्त्री र कर्मचारीको विदेश भ्रमणमा रोक लगाइएको जानकारी दिइन् । उनले्  नेपाल सरकारका मन्त्रीहरु […]

पुरा पढ़नुश