अब अनुमतिबिना सेवामा शुल्क लिए बैंकले ग्राहकलाई थप १० प्रतिशत दिनुपर्ने

काठमाडौं, २ फागुन । बैंक तथा वित्तिय संस्थाले अनुमतिबिना सेवा शुल्क लिए १० प्रतिशत थपेर सेवाग्राहीलाई दिनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले अनुमतिबिना सेवाग्राहीसँग सेवाशुल्क लिएमा सो सेवा शुल्कमा १० थपेर बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई फिर्ता दिनुपर्ने व्यवस्था गरेको हो । सेवाग्राहीले माग नगरेको सेवा दिएर शुल्क लिएमा बैंकहरूले सो शुल्कमा १० […]

पुरा पढ़नुश

१७ लाख भारतीय नोटसहित एक जना पक्राउ

  महोत्तरी, २ फागुन १७ लाख भारतीय नोटसहित एक जना पक्राउ परेका छन् । मंगलबार बिहान दशगजाक्षेत्रबाट मटिहानी नगरपालिका-८ का २९ वर्षीय महेश यादवलाई उक्त रकमसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले यादवले चलाउँदै आएको ज६प ६६६४ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा ट्याङ्कीभित्र लुकाइ छिपाइ ल्याइरहेको अवैध रकमसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार यादवको […]

पुरा पढ़नुश

नेपालको शानदार जित, नामिबिया २ विकेटले पराजित

काठमाडौं, २ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत शृखंलाअन्तर्गत नामिबियाविरुद्ध नेपालले शानदार जित निकालेको छ । काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओपनर कुशल भुर्तेलको शतक प्रहारमा नामिबियालाई दुई विकेटले पराजित गरेको हो । नामिबियाले दिएको २८६ रनको चुनौती नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर १४ बल बाँकी छँदै भेट्याएको हो । यसका […]

पुरा पढ़नुश

वीरगञ्जमा अटो पल्टिदा एक शिशुको मृत्यु

  वीरगञ्ज, २ फागुन।रसीद आलम। वीरगञ्ज महानगरपालिकामा भएको अटो दुर्घटनामा एक शिशुको ज्यान गएको छ । अटो रिक्सा पल्टिएर भएको दुर्घटनामा परेर वीरगञ्ज महानगरपालिका वडा नम्बर १० पानीट्यांकी बस्ने राजिव कुमार मालीका १८ महिने छोरा रिशव मालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  राजिव पनि घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी […]

पुरा पढ़नुश

आइसिसी विश्वकप लिग–२ः सन्दीप लामिछानले लिए विकेट

काठमाडाैं, २ फागुन ।  आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाविरुद्ध सन्दिप लामिछानेले बिकेट लिएका छन ।   साेमपाल कामीले यसअघि पहिलाे बिकेट लिएका थिए । सन्दिपले दशौं ओभरको दोस्रो बलमा नामिबियाका कार्ल ब्याकेनस्टोकको विकेट लिएका हुन्। नाबालिग बलात्कारकाे मुद्दावाट बाहिरिए पछि लामिछाने पहिलो पटक टोलीमा फर्किएर खेलिरहेका छन्।

पुरा पढ़नुश

पुर्व अर्थमन्त्री भरतमोहनकी छोरी लिमा रास्वपाको केन्द्रिय सदस्य

काठमाडौं, २ फागुन । पुर्ब अर्थ मन्त्री भोरतमोहन अधिकारीकी छोरी लिमा अधिकारी रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा मनोनित भएकी छिन ।   गत निर्वाचनमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीवाट समानुपातिक उम्मेदवार रहेकी अधिकारीलाई हिजोको रास्वपाको केन्द्रिय समितिले केन्द्रिय समितिमा मनोनयन गरेको हो ।   रास्वपाले १६ जनालाई केन्द्रिय सदस्य मनोनयन गर्ने […]

पुरा पढ़नुश

आन्दोलन फिर्ता, सबारी साधन चल्ने

काठमाडौं, २ फागुन ।यातायात मजदुरको आयोजनामा भएको आन्दोलन स्थगित भएको छ । आज सिंहदरबारमा सरकारसँग भएको वार्तापछि आन्दोलन स्थगित भएको हो । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायकाजी श्रेष्ठ र यातायात व्यवसायी र मजदुरका बिच भएको छलफल पछिआन्दोलन स्थगित भएको हो । अब सबारी साधन निर्बाध रूपमा चल्नेछ।

पुरा पढ़नुश

बारामा ठेकेदार कम्पनीको लापरबाहीले सेजमा निर्माणाधीन भवनको ढलान खस्यो।

  मधेस प्रदेश ,बारा, २ फागुन । करोडौको लागतमा विशेष आर्थिक क्षेत्र (सेज) भित्र निर्माणको क्रममा रहेको प्रदर्शनी भवनको ढलान सोमबार खसेको छ । जीतपुरसिमरा ४ स्थित सेजमा निर्माणाधीन भवनको पहिलो तल्लाको ढलान कार्य भइरहेका बेला उक्त घटना भएको हो । ढलान खस्दा दुई मजदुर सामान्य घाइते भएका छन् । स्थानीय अस्पतालमा उपचार गराएर घर […]

पुरा पढ़नुश

बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्रमा नयाँ मापदण्ड, ट्रायलमा ७० अंक ल्याए पास हुने

काठमाडौं, २ फागुन । बागमती प्रदेशमा मंगलबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)काे नयाँ मापदण्ड लागु भएको छ । ट्रायलमा ७० अंक ल्याए पनि पास हुने नियम लागु भएको हो । अब बागमती प्रदेशमा रहेका यातायात व्यवस्था कार्यालयमध्ये सवारी चालक अनुमति प्रदान गर्ने सम्पूर्ण सेवा केन्द्रहरुले एकैपटक ७० अंकमा ट्रायल पास हुने व्यवस्था गर्नेछन् ।

पुरा पढ़नुश

आज प्रणय दिवस(भ्यालेन्टाइन्स डे), विश्वभर प्रेम साटासाट गरी मनाइँदै

रसीद आलम।बिरगंज ,२ फगुन । प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन्स डे विश्वभर पर्वकै रुपमा स्थापित भईसकेको छ । विशेष गरी युवायुवतीले उत्साहकासाथ नेपालमा पनि भ्यालेन्टाइन्स डे मनाउने गरेका छ ।   प्रेमका  पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको विश्वास […]

पुरा पढ़नुश