असमझदारी हटाउन प्रधानमन्त्री प्रचण्ड वालकोटस्थित ओली निवासमा।

काठमाडौं, २५ माघ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वालकोटस्थित निवासमा पुगेका छन ।   सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड नेतृत्वको सरकारवाट बाहिरिएको तथा आसन्न राष्ट्रपति निर्वाचनका बिषयमा शंका तथा आशंका बढदै गएको बेला प्रधानमन्त्री प्रचण्ड वालकोट पुगेका हुन । रास्वपालाई गृह मन्त्रालय दिनु पर्ने ओलीको सुझावलाई प्रधानमन्त्री […]

पुरा पढ़नुश

काठमाडौंका मुख्य सडकमा बत्ती जडान गर्न महानगर र प्राधिकरणबीच सम्झौता।

काठमाडौं, २४ माघ । काठमाडौं महानगरपालिकाको मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्ने विषयमा सम्झौता भएको छ ।महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच सडकमा आधुनिक बत्ती जडान गर्ने विषयमा सम्झौता भएको हो । यसअघि महानगरपालिका, प्राधिकरण र सडक विभागबीच भएको सहमतिका आधारमा महानगर र प्राधिकरणबीच सम्झौता भएको हो । बत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ […]

पुरा पढ़नुश

टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका, ८ नेपाली सम्पर्कमा हुदाँ, ३ जना सम्पर्क बाहिर।

टर्की, २४ माघ  । टर्कीमा गएकाे भूकम्पकाे १०९ वटा पराकम्प जाँदा तीन शक्तिशाली गएकाे छ । टर्कीलाई केन्द्रविन्दु बनाएर साेमबार ७.८ म्याग्निच्युडकाे शक्तिशाली भूकम्प गएकाे थियाे । साे भूकम्पकाे ३६ घण्टामा १०९ वटा पराकम्प जाँदा तीनवटा पराकम्प ७.५ म्याग्निच्युडकाे मापन गरिएको छ । पछिल्लाे विवरणअनुसार साे भूकम्पबाट पाँच हजार मानिसले ज्यान गुमाइसकेका छन् भने ५६ सयभन्दा बढी घर तथा कार्यालयहरु […]

पुरा पढ़नुश

नाबालिका बलात्कार आरोपमा वडाध्यक्ष राजन श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान।

  बारा, २४ माघ । छिमेकी नाबालिकालाई बलात्कार गरेको अभियोगमा निजगढ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजु भनिने राजन श्रेष्ठलाई बारा जिल्ला अदालतले मुद्दाको पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ । आदेशानुसार प्रहरीले उनलाई वीरगन्ज कारागार चलान गरेको छ । कारागार चलानसँगै वडा अध्यक्षको पद स्वतः निलम्बित भएको जिल्ला सहन्यायधिवक्ता भीमसेन काफ्लेले बताए । […]

पुरा पढ़नुश

टर्कीको महाभूकम्पमा परेका घानाका फुटबल खेलाडी सम्पर्क‍विहीन।

टर्की, २४ माघ । टर्कीमा गएको भूकम्पपछि आफ्ना खेलाडी विंगर क्रिस्टियन अत्सु सम्पर्कविहीन  रहेका भन्दै घाना फुटबल संघले खोजी गरिदिन आग्रह गरेको छ । सोमबार टर्की र सिरियामा ७.८ म्याग्निच्युडको भूकम्पपछि अस्तु पनि सम्पर्क नआएपछि घानाले सो आग्रह गरेको हो ।  साे भूकम्पबाट करिब ५ हजारले ज्यान गुमाइसकेका छन् । वर्षासँगै चिसो पनि बढेपछि उद्धार र राहतमा समस्या भएको […]

पुरा पढ़नुश

राखी सावन्तको पति पक्राउ, भन्छिन– म अब बस्न सक्दिन, डिर्भोस चाहान्छु।

मुम्बई, २४ माघ ,एजेन्सी । राखी सावन्तका पति आदिल दुर्रानीलाई प्रहरीले पक्राउ  गरेको छ। मंगलवार पक्राउ परेको दुर्रानीलाई धारा ५०४m ५०६, ३३२ र ४०६ को उलङघन गरेको आरोपमा पक्राउ गरिएको हो । प्रहरीले संयमित हुन आग्रह गरे पनि उनी संयमित हुन सकेनन । अन्तत: उनलाई प्रहरीले पक्राउ गरी पुलिस स्टेशन लगेको हो । पक्राउ गरिएका […]

पुरा पढ़नुश

बालिका हत्या अभियोगमा अरुण साहलाई जन्मकैदको सजाय, घर स्थानीयको नियन्त्रणमा।

महोत्तरी, २४ माघ । जिल्ला अदालत महोत्तरीले सात वर्षीया बालिका गुलाब साह खातुन हत्यामा दोषी ठहर गर्दै अरुण साहलाई जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश रामचन्द्र खड्काको एकल इजलासले साहलाई पीडित परिवारलाई एक लाख रुपैयाँ क्षतिपूर्तिसहित जन्मकैद सजाय सुनाएको अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालले जानकारी दिए । हत्या भएको ३ वर्षपछि गत आइतबार अदालतले दोषीलाई सजाय […]

पुरा पढ़नुश

राजस्व चुहावट नियन्त्रण गर्नुस्, गलत गर्ने कसैलाई नछोड्नुस् : प्रधानमन्त्री।

  काठमाडौं, २४ माघ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजस्व संकलनका क्षेत्रमा देखिएका चुनौती समाधान गर्न र राजस्व चुहावट नियन्त्रणका लागि राजस्व प्रशासनका अधिकारीहरूलाई निर्देशन दिएका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबार राजस्वको अवस्था र चुहावट नियन्त्रण सम्बन्धि छलफलमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताए । प्रधानमन्त्रीले भन्नुभयो, ‘अर्थतन्त्रको समग्र स्थिति हेर्दा अधिकांश सूचकहरू सकारात्मक […]

पुरा पढ़नुश

कुकुरलाई बचाउन खोज्दा मोटरसाइकल चालकको मृत्यु

धनुषा, २४ माघ । धनुषमा कुकुरलाई बचाउन खोज्दा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका ४ कटैया चौरीमा कुकुरलाई बचाउने क्रममा मुखियापट्टीका ४४ वर्षीय विजय कुमार साहको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोमबार मध्यराति कुकुरलाई बचाउने क्रममा  ज ७ प ५२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा साह गम्भीर घाइते भएका […]

पुरा पढ़नुश

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले लिइन् शपथ।

काठमाडौं, २४ माघ । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् । शीतल निवासस्थित राष्ट्रपति भवनमा मंगलबार आयोजित विशेष समारोहमा उनले पद तथा गोपनीयताको शपथ लिएकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासमक्ष उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

पुरा पढ़नुश