फागुनभित्र मोटरसाइकलको कर तथा नवीकरणमा जरिवाना छुट।

काठमाडौं, २६ माघ । फागुन भित्र मोटरसाइकल तथा स्कुटरको कर तथा नविकरण दस्तुर भुक्तानी गरे ५ वर्षसम्मको जरिवाना छुट हुने भएको छ । यातायात व्यवस्था कार्यालयका अनुसार फगुन मसान्तसम्ममा सवारीधनीहरुले कर बुझाए जरिवाना छुटको व्यवस्था आइतबार एक सूचनामार्फत जानकारी दिएको हो । आर्थिक बर्ष २०७०/७१ देखि २०७५/७६ सम्म नवीकरण भुक्तानी नगरेका सवारी धनीलाई २०७९ फागुन मसान्तभित्र […]

पुरा पढ़नुश

जनताभन्दा माथि कोही छैन, संविधानको इमान्दार कार्यान्वयन गरौँ : प्रधानमन्त्री।

काठमाडौं, २६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले संविधानको इमान्दार कार्यान्वयन हुनुपर्ने बताएका छन् । नीति अनुसन्धान प्रतिष्ठान र निर्वाचन आयोगले संयुक्त रूपमा सिंहदरबारमा आयोजना गरेको नेपालमा निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रिया सुधार विषयक अध्ययनबाट प्राप्त प्रारम्भिक निष्कर्ष प्रस्तुतीकरण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘जनताको धेरै ठूलो बलिदानी […]

पुरा पढ़नुश

उर्मिला अर्यालले त्यागिन् माओवादी केन्द्र।

काठमाडौं, २५ माघ । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले नेकपा माओवादी केन्द्रसँगको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । राष्ट्रिय सभाको उपाध्यक्षको भूमिका स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन आफूआवद्ध माओवादी केन्द्रको पार्टी सदस्यता र सम्पूर्ण राजनीतिक, सांगठनिक जिम्मेवारीबाट अलग भएको उनले घोषणा गरेकी छन् । गत सोमबार उनी राष्ट्रिय सभा उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित […]

पुरा पढ़नुश

नेपालीलाई ‘बिदेशी’ भन्ने भारतीय अदालतको निर्णय बिरुद्ध सिक्किममा हडताल

काठमाडौं, २५ माघ । भारतको सर्वोच्च अदालतले त्यहाँ बस्ने नेपालीभाषीलाई विदशी भने पछि उत्तरपूर्वी भारतको सिक्किम राज्य आज पूर्ण रुपमा बन्द भएको छ। जोईन्ट एक्सन काउन्सिल (संयुक्त कारबाही समिति)ले बन्दको  आह्वान गरेपछि सिक्किम पूर्ण रुपले बन्द भएको हो । सिक्किमको राजधानी गान्तोकसहित नाम्ची, ग्याल्सिङ, पाक्योङ र सोरेङ जिल्लाका पसल तथा बजार, यातायात, विद्यालय, कलकारखाना, बैंक […]

पुरा पढ़नुश

प्रधानमन्त्री र युएसएडका प्रमुख सामान्था पावरबिच भेटवार्ता।

काठमाडौं, २४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र अमेरिकन नियोग युएसएडका प्रमुख प्रशासक सामन्था पावर बिच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा उक्त भेटवार्ता भएको हो ।   मंगलबार सिंहदरबारमा प्रधानमन्त्री दाहाल र पावरबीच शिष्टाचार भेटवार्ता भएको हो।   यसअघि उनले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग भेटवार्ता गरेकी थिइन्।   सामन्था पावर मंगलबार […]

पुरा पढ़नुश

पर्सा प्रहरीको सक्रियतामा घरमा चोरी गर्ने व्यक्ति पक्राउ ।

रसीद आलम।बिरगंज ,माघ २५।जिल्ला प्रहरी कार्यालय पर्साका मातहतमा रहेका वडा प्रहरी कार्यालय श्रीपुरद्वारा घरमा चोरी गर्ने एक व्यक्तिलाई  पक्राउ गरेको छ । २०७९।१०।०७ गते  वीरगञ्ज महानगरपालिका वडा नं.१२ बस्ने वर्ष ५५ को कपिल प्रसाद रौनियारले कामको सिलसिलामा काठमाण्डौ गएको हुँदा ,घरमा कोही नभएको मौका छोपी निजको दुई तल्लेघरको मूलढोकाको ताल्चा फुटाइ घरमा प्रवेश गरी घरमा […]

पुरा पढ़नुश

पर्सामा प्रतिबन्धित लागु औषध र ट्रक सहित तिन जना ब्यक्तिहरू पक्राउ ।

रसीद आलम ।पर्सा, बिरगंज ,माघ २५ बुधबार ।भारी मात्रामा प्रतिबन्धित लागु औषध र  ट्रक सहित तिन जना ब्यक्तिहरूलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं.२५ ड्राइपोर्ट गेट अगाडि वडा प्रहरी कार्यालय श्रीपुर पर्साका प्र.नि.डिल्लीराज सापकोटा र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले  चेकजाँच गर्ने क्रममा  प्रदेश २-०३-००१ […]

पुरा पढ़नुश

मेक्सिकोले टर्कीको भुकम्प भग्नावशेष खोजतलास गर्न कुकुरहरु पठायो।

मेक्सिको, २५ माघ । मेक्सिकोले टर्कीमा सोमबार गएको विनाशकारी भूकम्प भग्नावशेषमा बाँचेकाहरूलाई खोज्न मद्दत गर्न आफ्ना खोजकर्ता र उद्धार कुकुरहरू टर्कीमा पठाएको छ । मेक्सिकोका विदेश मामिला सचिव मार्सेलो एब्रार्डका अनुसार कुकुरहरू र  तिनीहरूका ह्यान्डलरहरूसँगै बुधवार टर्की पुग्नेछन । ‘हाम्रो उद्धार टोलीको तालिमप्राप्त कुकुरहरुसँगै टर्कीको भुकम्प भग्नावशेृषमा खोजका लागि पुग्नेछन,’ बिदेश सचिव एब्राडले भने । सो […]

पुरा पढ़नुश

बाक्लो हिउँ र बर्षाले टर्की भुकम्पको उद्धारमा कठिनाई,भुकम्पमा परी टर्कीका गोलकिपर तुर्कास्लानको निधन।

इस्तानबुल, २५ माघ । भग्नावशेषवाट जीवितै उद्धार गर्ने प्रयासमा यहाँ परिरहेको हिउँ र बर्षाले कठिनाई गरेको छ । सोमवार गएको ७.८ रेक्टर स्केलको भुकम्पमा परी हराएकाहरु जीवितै उद्धार गर्ने प्रयासलाई परिरहेको हिउँ र बर्षाले कठिनाई गरेको हो ।   यद्धपी, टर्कीका गृहमन्त्री सुलेमा सोयलुले आगामी ४८ घण्टा भूकम्पमा फसिरहेकाको उद्धारका लागि महत्त्वपूर्ण समय भएको बताएका […]

पुरा पढ़नुश

टर्की बिनाशकारी भुकम्पः किम जोङद्धारा समवेदना सन्देश।

प्योङयाङ, २५ माघ । उत्तर कोरियाली नेता किम जोङ उनले टर्की र सिरियामा झण्डै ८ हजारको ज्यान लिएको विनाशकारी भूकम्पप्रति सिरियाली समकक्षी वासेर अल असादलाई समवेदना पठाएका छन् । सोमवार गएको ७.८ रेक्टर स्केलवाट हजारौले ज्यान गुमाएको प्रति समवेदना प्रकट गर्दै उत्तरी कोरियाली नेता किम जोङले समवेदना सन्देश पठाएका हुन । म विश्वस्त छु कि […]

पुरा पढ़नुश