दुई महिना नपुग्दै प्रचण्ड सरकारमा पाँच मन्त्रालय खाली।

काठमाडौं, २४ माघ । सरकार गठन भएको दुुई महिना नपुग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रीमण्डलमा ५ मन्त्रालय रिक्त हुन पुगेको छ । सरकार गठन भएको ४३ दिनसम्म पनि दुई मन्त्रालयको जिम्मेवारी बाँडफाँड गर्न नसकेको रहेको बेला रबि लामिछाने नेतृत्वको. राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)समेत सरकारवाट बाहिरिने निर्णय लिएसँगै ५ वटा मन्त्रालय रिक्त हुन पुगेका हुन । […]

पुरा पढ़नुश

टिप्परमा स्कुटर ठोक्किँदा एक किशोरीको मृत्यु।

धादिङ, २४ माघ । धादिङ थाक्रेममा टिप्परसँग स्कुटर ठोक्किँदा एक किशोरीको मृत्यु भएको छ । थाक्रे गाउँपालिका–६ मा टिप्परसँग स्कुटर ठोक्किँदा स्कुटर चालक थाक्रे गाउँपालिका–११ कि १५ वर्षीय संगम लामाको मृत्यु भएको प्रहरी चौकी महादेववेशीले जनाएको छ । टिप्परसँग स्कुटर ठोक्किएपछि गम्भीर घाइते भएकी लामाको शाही बाबा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । काठमाडौँबाट […]

पुरा पढ़नुश

काठमाडौंमा बर्डफ्लू देखिएका तीनवटै फार्मका कुखुरा र अन्डा नष्ट गरियो।

काठमाडौं, २४ माघ काठमाडौंको तीन फर्ममा बर्डफ्लू पुष्टी भए पछि कुखुरा र अन्डा नष्ट गरिएको छ । पशु बिभागको अनुसार कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्म, रामकोट र तार्केश्वरको फार्ममा कुखरा र टर्की मर्न थाले पछि परिक्षणमा पठाउँदा बर्डफ्लू पुष्टी भएको थियो । ललितपुरको खुमलटारस्थित अनुसन्धान फार्ममा पहिलो पटक बर्डफ्लू पुष्टी भएको थियो  । पशु […]

पुरा पढ़नुश

मधेस सरकारमा माओवादीका दुई मन्त्री यादव र अन्सारीले आज सपथ लिदैँ।

मधेश प्रदेश। जनकपुर, २४ माघ मन्त्रालय भागबन्डामा असहमति जनाउँदै यसअघि मन्त्रीमण्डलमा सहभागी नभएको नेकपा माओवादी केन्द्र अन्ततः मधेस सरकारमा सहभागी हुने भएको छ । माओवादी संसदीय दलका नेता भरत साहका अनुसार माओवादीका तर्फवाट उद्योग पर्यटन तथा वनमन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीले मंगलबार १ बजे शपथ लिनेछन । मधेसका मुख्यमन्त्री रामसरोज यादवसँग सहमति भएसँगै […]

पुरा पढ़नुश

शाखा अधिकृतको लिखित परीक्षा स्थगित।

  काठमाडौं, २३ माघ लोकसेवा आयोगले शाखा अधिकृतको लिखित परीक्षा स्थगन गरेको छ । आज एक सूचना जारी गर्दै आयोगले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगन गरेको जनाएको हो । आयोगले माघ २८ गते तोकेको प्रथम चरण र चैत २१ गतेदेखि सञ्चालन हुने भनेको दोस्रो चरणको परीक्षा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगन गरेको […]

पुरा पढ़नुश

रास्वपाका तीन मन्त्रीले दिएकाे राजीनामा स्वीकृत।

काठमाडौं, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका तीनजना मन्त्रीले  पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । आइतबार दिएको उनीहरुको राजीनामा स्वीकृत भएको र सो मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्माल्ने राष्ट्रपति कार्यालयले जनाएको छ । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णयअनुसार आइतबार  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा […]

पुरा पढ़नुश

राष्ट्रियसभावाट सर्बसम्मत रुपमा तीन बिद्येयक पारित।

काठमाडौं, २३ माघ राष्ट्रियसभाको आजको बैठकले तीनवटा बिद्येयकलाई सर्वसम्मत रुपमा पारित गरेको छ । आज बसेको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ , ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६’ ‘अभिलेख संरक्षण (पहिलो संशोधनंं) विधेयक, २०७७’ लाई सर्वसम्मतिले पारित गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले, कृषि तथा […]

पुरा पढ़नुश

टर्की भूकम्पप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं, २३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार बिहान टर्कीमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे दक्षिणी टर्कीलाई केन्द्रबिन्दु बनाएर गएको ७.८ म्याग्नेच्युडको भूकम्प गएको थियो । पछिल्लो विवरणअनुसुार उक्त भूकम्पमा परेर २ सय भन्दा बढी मानिसको ज्यान गएको छ । सो घटनाप्रति प्रधानमन्त्री […]

पुरा पढ़नुश

उर्मिला अर्याल राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौं, २३ माघ । राष्ट्रियसभा उपाध्यक्षमा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याल राष्ट्रिय सभा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । आइतबार भएको मनोनयन दर्ता प्रक्रियामा उनको मात्र उम्मेदवारी परेको थियो । सत्तारुढ गठबन्धनले अर्याललाई उठाउँदा […]

पुरा पढ़नुश

ब्लकब्लस्टर हुदैँ शाहरुखको पठानले कमायो ७८० करोड।

मुम्बई, २३ माघ शाहरुख खानको फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड बनाएको छ। यशराज फिल्म्सले पठान फिल्मको कमाइको नयाँ तथ्यांक सार्वजनिक गरेको छ। यशराज फिल्म्सका अनुसार पठान फिल्मले नौ दिनमा नै ७८० करोड कमाएको हो। फिल्मले अहिलेसम्म भारतमा ४८१ करोड र विदेशमा २९९ करोड कमाइसकेको हो। पठानमा शाहरुखको साथमा दिपिका पादुकोण, जोन अब्राहमलगायतले अभिनय गरेका छन […]

पुरा पढ़नुश