पर्सा प्रहरीद्वारा २ जना नक्कली प्रशिक्षार्थी पक्राउ ।

रसीद आलम।पर्सा ,बिरगंज ,माघ २२।जिल्ला प्रहरी कार्यालय पर्साले दुई जना नक्कली प्रशिक्षार्थीलाई नारायणी यातायातको ट्रायल सेन्टरबाट पक्राउ गरेको छ । बिरगंज म.न.पा. वडा नं. २३ मा पर्ने ट्रायल सेन्टरबाट  वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी टोलीले  सखुवा प्रसौनी गाउँपालिका वडा नं. ३ बस्ने  बर्ष ३६ को निजामोदिन अंसारीको ठाउमा बिरगंज म.न.पा. वडा नं. २४ […]

पुरा पढ़नुश

प्रतिबन्धित लागु औषध र गाडी सहित दुई जना ब्यक्ति पक्राउ ।

रसीद आलम।पर्सा माघ २२। बिरगंजबाट भारी मात्रामा प्रतिबन्धित लागु औषध र गाडी सहित दुई जना ब्यक्तिलाई पर्सा प्रहरीले  पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोक  सडकखण्डमा वडा प्रहरी कार्यालय विर्ता र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा  ना.२ च ७९०५ नम्बरको टाटा सुमो भिक्टा गाडी […]

पुरा पढ़नुश

प्रचण्ड सरकारलाई ‘सुरक्षित’ राख्दै रास्वपा सरकारबाट बाहिरियो।

काठमाडौं, २२ माघ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने भएको छ । आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले जानकारी दिए । सरकारबाट बाहिरिने निर्णय गरेको भए पनि रास्वपाले सरकारलाई दिएको समर्थन भने कायम राख्ने निर्णय गरेको छ । रास्वपासहितको समर्थनमा […]

पुरा पढ़नुश

विचौलियालाई कारबाही गर्न ज्ञानेन्द्र शाहीको माग

काठमाडौं, २२ माघ । राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले विचौलियालाई पक्राउ गरेर कारबाही गर्न माग गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले विचौलियाका कारण किसान र उपभोक्ता मारमा परेका भन्दै कारबाही गर्न माग गरेका हुन् । ६०० प्रतिशतभन्दा बढी नाफा लिएर विचौलियाको काम गर्नलाई तत्काल पक्राउ गरेर कारबाही गर्न कृषिमन्त्रीसँग उनले आग्रह गरे । बैंकले […]

पुरा पढ़नुश

रास्वपाका मन्त्रीहरुले आज राजिनामा बुझाउने

काठमाडौं, २२ माघ सरकारवाटै बाहिरिए पछि राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् । आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले पार्टीबाट मन्त्री बनेकाहरुले आइतबार नै राजीनामा बुझाउने जानकारी दिए ।

पुरा पढ़नुश

सरकार बाहिर रहँदा पानीबिनाको माछाजस्तै छट्पटायो कांग्रेस : केपी ओली।

काठमाडौं, २२ माघ । सत्तारुढ दल एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारबाहिर रहँदा पानीबिनाको माछाजस्तै नेपाली कांग्रेस छट्पटाएको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले सरकार बाहिर रहँदा कांग्रेस पानीबिनाको माछाजस्तै छट्पटाएको बताएका हुन् । संसदमा कांग्रेसले निभाएको भूमिकाप्रति आशंका उब्जाएका उनले आफूलाई प्रतिपक्षीको रुपमा कांग्रेसले स्वीकार्नसमेत नसकेको टिप्पणी गरे । […]

पुरा पढ़नुश

राष्ट्रियसभा उपाध्यक्षमा माओवादीकी उर्मिला अर्यालको उम्मेदवारी दर्ता।

काठमाडौं, माघ २२। नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेकी छन् । नयाँ बानेश्वरस्थित संघीय संसद सचिवालयमा सत्तारुढ गठबन्धनको तर्फबाट आइतबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेकी हुन् ।  अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा रहेका छन् । कांग्रेसले पनि अर्याललाई समर्थन गर्ने निर्णय गरेकाले उनी […]

पुरा पढ़नुश

राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीको उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने कांग्रेसको निर्णय।

काठमाडौं, २२ माघ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आइतबार बिहान बसेको कांग्रेस संसदीय समितिको बैठकले राष्ट्रिय सभा उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि […]

पुरा पढ़नुश

रवि लामिछानेले पत्रकार सम्मेलन गर्दै।

काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्दै छन् । नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर भएपछि सांसद, उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त भएका लामिछानेले अघिल्लो साता अमेरिकी नागरिकता त्यागेको निस्सा बुझाएर पुनः नेपाली नागरिकता प्रमाणपत्र लिएसँगै गृहमन्त्रीको दाबी गरिरहेका छन् । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई गृहमन्त्री बनाउन इन्कार […]

पुरा पढ़नुश

प्रेस चौतारीको २५औं स्थापना दिवस ,पुरस्कार वितरण आज

काठमाडौं, २२ माघ नेकपा एमालेको शुभेच्छुक संस्था प्रेस चौतारीको २५औं  स्थापना दिवसको अवसरमा पुरस्कार वितरण गरिने भएको छ । २२ माघ काठमाडौंमा हुन गईरहेको स्थापना दिवसको दिन पुरस्कार वितरण गरिन लागिएको सुचना तथा कार्यक्रम बिभाग प्रमुख हरिबल्लभ नेपालले जानकारी दिए । उनका अनुसार बरिष्ठ पत्रकार रघु मैनालीको संयोजकत्वमा गठिन समितिले चयन गरेकालाई सोही दिन पुरस्कार […]

पुरा पढ़नुश