रसीद आलम।पर्सा माघ २२। बिरगंजबाट भारी मात्रामा प्रतिबन्धित लागु औषध र गाडी सहित दुई जना ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोक सडकखण्डमा वडा प्रहरी कार्यालय विर्ता र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ना.२ च ७९०५ नम्बरको टाटा सुमो भिक्टा गाडी र जगरनाथपुर गा.पा.वडा नं.१ बिसुनपुर्वा बस्ने बर्ष २०को अबु अयुव असरफ, वीरगञ्ज म.न.पा.वडा नं.२ छप्कैया बस्ने बर्ष २८ को ईजहार आलमलाई नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रवक्ता तथा सूचनाअधिकारी प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी गराएका छन ।
पर्सा प्रहरीका अनुसार गाडीको बर्नट भित्र सेतो प्लाष्टिकको २ वटा बोराभित्र लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध ओनरेक्स १००एम एल( Onrex 100ml )को ३५८ बोत्तल बरामद भएको हुँदा उक्त ना.२ च ७९०५ नम्बरको टाटा सुमो भिक्टा, उल्लेखित परिमाणको लागु औषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको छ ।
