बिरगंज ,५ पुस।
पर्सा जिल्लाको विरगंज महानगरपालिका ३२ स्थित टेढारामबन सडकखण्डबाट पौष ३ गते करीव ५ लाख रुपैयाँ बराबरको ७६ कार्टुन बोईलर कुखुराको चल्लासहित एक जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याई बिरगंज महानगरपालिका ९ बस्ने ४३ बर्षिय धर्मेन्द्र गुप्ताले संचालन गरेको फर्म भित्र राख्न तयारी गरिरहेको अवस्थामा ७ हजार ६ सय वटा बोईलर कुखुराको चल्लासहित उनलाई सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण पर्साले नियन्त्रणमा लिएको हो ।
बरामद बोईलर कुखुराको चल्ला नेपाल प्रहरी, स्थानीय भद्रभलाद्मी र संचारकर्मीको रोहवरमा नष्ट गरिएको छ ।
नियन्त्रणमा लिएका गुप्तालाई आवश्यक कारवाहीको लागि विरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको १३ न. गणले जनाएको छ ।