सीमा सुरक्षा, तस्करी नियन्त्रण र विपद् व्यवस्थापनमा प्रभावकारी परिचालन गर्न एआईजी ठाडा मगरको निर्देशन

समाचार

काठमाडौं,२९ असार ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश बहादुर ठाडा मगरले सशस्त्र प्रहरी बल, नेपाल नं. १ वराह वाहिनी तथा सुनसरी, मोरङ र झापा जिल्लामा तैनाथ सशस्त्र प्रहरी युनिटहरूको निरीक्षण गर्नुभएको छ।

निरीक्षणका क्रममा एआईजी ठाडा मगरले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै सीमा अपराध तथा चोरी–तस्करी नियन्त्रणमा उच्च सतर्कताका साथ परिचालन हुन निर्देशन दिनुभयो। साथै उहाँले विपद् व्यवस्थापनका कार्यमा समयमै उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन र नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको हो।

उहाँले बदलिँदो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सीमावर्ती क्षेत्रमा सूचना संकलन, नियमित गस्ती, अन्तरनिकाय समन्वय तथा व्यावसायिक अनुशासनलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।

निरीक्षणका क्रममा सम्बन्धित युनिटहरूको सुरक्षा अवस्था, जनशक्ति परिचालन, स्रोत–साधनको उपयोग तथा कार्यसम्पादनको समेत समीक्षा गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *