आँबुखैरेनीमा बस दुर्घटना हुँदा ६ जना घाइते।

  गोरखा, २१ माघ पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा यात्रुवाहक बस दुर्घटना हुँदा ६  जना घाइते भएका छन् । लम्जुङ सदरमुकाम बेशीसहरबाट नारायणगढ जाँदै गरेको ना ६ ख ३९६३ नम्बरको मिनिबस आँबुखैरेनीको ऐनापहरास्थित सडकपेटीमा पल्टेर दुर्घटना भएको हो । दुर्घटना हुँदा ६ जना घाइते भएका इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । बसमा ३२ जना सवार […]

पुरा पढ़नुश

रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउने महाअभियान चलिरहेको भीम रावलको आरोप।

  काठमाडौं, २१ माघ सत्तारूढ नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन महाअभियान चलाइएको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा रतन भण्डारीद्वारा लिखित पुस्तक ‘नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी’ विमोचन कार्यक्रममा बोल्दै उनले नागरिकताजस्तो संवेदनशील विषयमा फसेका लामिछानेलाई फेरि गृहमन्त्री बनाउन महाअभियान चलाइएको बताए । वैदेशिक […]

पुरा पढ़नुश

“समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत बिपन्न परिवारलाई भाडा- कुडा बितरण।

रसीद आलम। बिरगंज ,माघ २१।अल मंसुर फाउण्डेसन र राईजिङ्ग बीरगंज नेपाल छपकैया-२ को विशेष सहयोगमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२को आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत बिरगंज मनपा वडा न.१६ स्थित इनर्वा प्रहरी चौकीको प्राङ्गणमा भारत पश्चिम चम्पारण नरकटीयागंज खरैइ वडा नं.१५ बस्ने एक बिपन्न गरिब परिवारलाई छोरीको बिबाहको लागी चाहिने भाडा […]

पुरा पढ़नुश

सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारको ८ औं बार्षिक उत्सव,खुल्ला रक्तदान कार्यक्रम

रसीद आलम।पर्सा ,बिरगंज ,माघ २१।”मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो” मुल नाराको साथ सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारको ८ औं बार्षिक उत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरगंज महानगर पालिकाका उप प्रमुख इम्तियाज आलमको प्रमुख अतिथित्वमा कार्यक्रमको आयोजना गरिएको सो कार्यक्रममा बोल्दै आलमले भने “रक्त दान भनेको जीवन […]

पुरा पढ़नुश

किसानले तरकारी फालेको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण।

काठमाडौं, २१ माघ उचित मूल्य नपाएको भन्दै चितवनका किसानहरूले सडकमा तरकारी फालेको भन्दै आएका समाचारहरूप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि तथा पशुपन्छी मन्त्रालयको ध्यानाकर्षण गराउँदै किसानका माग सम्वोधनको आवश्यक पहल लिन निर्देशन दिएका छन । शुक्रबार चितवनका किसानहरूले तरकारी र अन्य कृषिजन्य उत्पादनको उचित मूल्य नपाएको भन्दै सडकमा तरकारी फालेपछि प्रधानमन्त्रीले कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी […]

पुरा पढ़नुश

सुर्तिजन्य सेवनका कारण बिश्वमा वार्षिक २४ लाखको मृत्यु।

खोटाङ, २१ माघ खोटाङको केपिलासगढी गाउँपालिकाले सुर्तीजन्य पदार्थ सेवन न्युनीकरण सम्वन्धी सचेतना कार्यक्रम गरेको छ । सुर्तीजन्य पदार्थ सेवनका कारण हुने क्षतीबाट नागरिकलाई बचाउने लक्ष्यका साथ गाउँपालिकाको स्वास्थ्य शाखाले शुक्रबार सुर्य माबि सुंदेलमा सुर्तीजन्य पदार्थ सेवन न्युनीकरण सम्वन्धी सचेतना कार्यक्रम गरेको हो । वडाका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, वाल क्लव, समाजसेवी, स्वास्थ्यकर्मी, संघसंस्थाका प्रतिनिधि लगायतलाई सहभागी […]

पुरा पढ़नुश

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता।

काठमाडौं, २१ माघ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवासमा आज भएको भेटवार्तामा सत्तारुढ दल भित्र देखिएको बिमतिलाई हल गर्ने बारेमा दुवै नेता बिच छलफल भएको छ । सत्तारुढ दलको मुख्य घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भागबन्डा अनुरुप गृह मन्त्रालय नदिएका सरकार छाडने दुई […]

पुरा पढ़नुश

स्वतन्त्र पार्टीको अल्टिमेटम आज सकिँदै, के गर्लान् प्रधानमन्त्री ?

काठमाडौं, २१ माघ  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको अल्टिमेटमा शनिबार सकिँदै छ । गृह मन्त्रालय आफ्नो पार्टीलाई पुनः दिनका लागि प्रधानमन्त्री प्रचण्डले आनाकानी गरेपछि सरकारमा बस्ने या नबस्ने भन्नेबारेमा रास्वपाको बिहीबार बसेको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले दुई दिनसम्म प्रतिक्षा गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री प्रचण्ड, नेकपा एमाले अध्यक्ष […]

पुरा पढ़नुश

दुई महिना नपुग्दै प्रचण्ड सरकार अप्ठयारोमा, सत्तारुढ पाँच दल नै असन्तुष्ट।

काठमाडौं, २१ माघ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकार गठन नभएको दुई महिना पनि नबित्दै विश्वासको मत दिने सत्तारुढ पाँच दल नै असन्तुष्ट बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको दुई दिने ‘अल्टिमेटम’ शनिबार सकिँदै गर्दा सत्तारुढ पाँच दलले  प्रधानमन्त्री प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन् । मुख्यत: राष्ट्रपति निर्वाचन र गृह […]

पुरा पढ़नुश

भालुको आक्रमणबाट पर्सामा दुई जना घाइते।

  पर्सा , २१ माघ भालुले आक्रमणबाट पर्साको ठोरी गाउँपालिकामा दुई जना घाइते भएका छन् । ठोरी गाउँपालिका-३ रामनगर बस्ने बिबिलाल लोप्चन र सुकमाया तामाङ घाइते भएको प्रहरीले जनाएको छ । उनीहरू श्रीमान श्रीमती हुन् । शुक्रबार दिउँसो जंगलबाट घाँस लिएर फर्कने क्रममा सुकमाया तामाङलाई भालुले आक्रमण गरेको थियो । सुकमायालाई बचाउन गएका बिबिलाल पनि […]

पुरा पढ़नुश